तनहुँ -दमौलीमा आईतवार बिहान भूपाल हार्डवयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । दमकल र पानी टंयाकरवाट आगो निभाउने प्रयास असफल भएपछि हेलिकप्टरमा पानी ल्याएर खन्याईएको हो । व्यास नगरपालिका ४ दमौली बजारमा विहान १० बजेतिर आगो लागेको थियो ।
आगो निभाउन व्यासको दमकल, निजी पानी ट्यांकर प्रयोग गरिएको थियो । जिल्ला प्रहरी र सेनाको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाउन खटिएका थिए ।
आगो कसरी लाग्यो र कहाँ कति क्षति भयो पूर्ण विवरण लिन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दमौलीमा आगो निभाउन हेलिकप्टरको प्रयोग
दमौलीमा आगो निभाउन हेलिकप्टरको प्रयोग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु