लमजुङ -मर्स्याङदी नदीमा पौडी खेल्नेक्रममा बिद्यार्थीको डुवेर मृत्यु भएको घटनालाई लिएर स्थानीयवासीले स्कुलमा तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले सिउँडीबार क्षेत्रमा बुधबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएको थियो । स्कुलका शिक्षकसँगै पौडी खेल्न गएका श्रेष्ठको मृत्यु भएपछि अभिभावक र आफन्तले बिद्यालयको लार्पावाहीले बिद्यार्थीको ज्यान गएको भन्दै स्कुल भवन र वसमा तोडफोड गर्दै बिरोध प्रर्दशन गरेका थिए ।
प्रर्दशन उग्र बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो ।
आक्रोसित स्थानीयले फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयमा तोडफोड गरेका थिए । आक्रोसित आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका छन् । उनीहरूले २ वटा स्कुल बस, गाडी र भ्यान फुटाएको प्रहरीले जनाएको छ । आक्रोशित आफन्तले बिधालय तोडफोड गरेपछ स्थिति तनावपुर्ण भएसगै प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो ।
छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । उनीहरूले २ वटा स्कुल बस, गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका ७ को पूर्वदक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङदी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका ९ को मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।
मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थीलाई पौडी खेल्न लैजाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए ।
स्कुलवाट पौडी खेल्न गएका बिद्यार्थीको डुवेर मृत्युपछि लमजुङको सिउँडीबजार तनावग्रस्त
स्कुलवाट पौडी खेल्न गएका बिद्यार्थीको डुवेर मृत्युपछि लमजुङको सिउँडीबजार तनावग्रस्त
"अभिभावक र आफन्त फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयमा तोडफोडमा उत्रिएपछि निश्चितकालिन कर्फ्यू "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु