काठमाडौं -दुई वर्षपछि भारतले नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । कोरोनाका कारण सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो । ‘एयर बबल’ सम्झौता अन्तर्गत निश्चित देशहरुबाट समिति संख्याका उडानहरुको अनुमति मात्रै दिइएको थियो । आगामी २७ मार्चबाट लागू हुनेगरी भारतबाट विदेश जान र आउनका लागि पूर्ववतः उडानको अनुमति दिने निर्णय भारत सरकारले गरेको हो ।
कोरोनाका कारण सरकारले लगाएको प्रतिबन्धका कारण निजी क्षेत्रका विमान कम्पनीहरुले नियमित रुटहरुमा पनि उडान गर्न पाइरहेका थिएनन् । यसअघि गत १५ डिसेम्बरबाटै सबै व्यवसायिक तथा नियमित उडानको अनुमति दिने निर्णय सरकारले लिएको थियो । तर त्यही समयमा ओमिक्रोनको संक्रमण बढेपछि अर्को निर्णय नभएसम्मका लागि उक्त निर्णयलाई स्थगन गरिएको थियो । एयर बबल अन्तर्गत भारतको विभिन्न ३५ वटा देशसँग तोकिएको निश्चित संख्यामा उडान हुँदै आएको छ ।
भारतले कोराना पहिलेकै अवस्थाको उडानलाई नियमति गर्ने भएपछि काठमाडौंका लागि उडानहरु बढ्ने छ । यसअघि कोरोनाकालमा नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडानको अनुमति पाएको थियो । तर कोरोनाका संक्रमण कम भएसँगै गत फेब्रुअरी १६ बाट भिस्तारा र इन्डिगोले पनि एयर बबल सम्झौता अन्तर्गतै काठमाडौं उडान थालेका छन् ।
कोरोना फैलिनुअघि दिल्ली–काठमाडौं दैनिक ११ वटासम्म उडान हुँदै आएको थियो । फेब्रुअरी १६ बाट ४ वटा उडान भइरहेको छ । नेपाल एयरलाइन्सले १४ मार्चबाट दैनिक थप एउटा उडान थप्दैछ ।
भारतद्वारा नियमित अन्तर्राष्ट्रिय उडान खुला
भारतद्वारा नियमित अन्तर्राष्ट्रिय उडान खुला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु