चितवन-घुम्तीवाटोमा मोटरसाईकल भीरवाट खस्दा चितवनको पहाडी क्षेत्र उपरदाङगढी नजिक शुक्रबार साँझ तीन जनाको मृत्यु भएको छ । पहाडी बाटोको भीरबाट मोटरसाइकल करिव तीन सय मिटर खस्दा
मोटरसाइकल चालक इच्छाकामाना गाउँपालिका–२ का ३४ वर्षीय नविन गुरुङ, पछाडी बसेकी सोही गाउँपालिकाको वडा नम्बर ३ की ३० वर्षीया प्रतिभा गुरुङ र उनको पाँच वर्षको छोरा आरोन गुरुङको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले इच्छाकामाना–२ बाट शक्तिखोर बजारतर्फ आउँदै गरेको प्रदेश–२–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल रमाइलो डाँडा नजिक अनियन्त्रित भएर भीरवाट खसेको वताए । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल भीरवाट खस्दा तीन जनाको मृत्यु
मोटरसाईकल भीरवाट खस्दा तीन जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु