काठमाडौं – माओवादी जनयुद्ध लडेका केहि निमुखा लडाकुहरुले भोग्नु परेको दुदर्शा र नेतृत्वको वेवास्तालाई समेटिएर यूटुव च्यानलमा प्रस्तुत गरिएको नयाँ गिर्त पीर’ प्रति केहि माओवादी कार्यकर्ताहरुले भत्र्सना गरेका छन ।
प्रकास सपुतले बनाएर युटयुवमा अपलोड गरिएको २४ घण्टा नवित्दै ट्रेन्डिङमा परेको उक्त गितप्रति आपत्ति जनाउँदै नहटाएमा कार्वाही गर्ने चेतावनी पनि दिएका छन । जनयुद्धमा ज्यानको बाजि राखेर लडेका योद्धाले नेतृत्वको रक्षाको लागि गोली थापेपनि अहिले कठिन संर्घषपूर्ण जीन्दगी बाँचेका दृश्य १६ मिनेट २५ सेकेण्ड लामो गितमा चित्रण गरिएको छ ।
छोटो समयमै धेरै दर्शकहरुले रुचाएको उक्त गितप्रति भने नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतले तत्काल गित नहटाएमा सहेर नवस्ने चेतावनी दिएकी छिन । सिंहले शनिवार सामाजिक संजाल फेसवुकमार्फत सर्जक प्रकासलाई धम्की दिएकोप्रति अधिकांश दर्शकहरुले भने आपत्ति जनाउँदै सपुतको गितप्रति समर्थन जनाएका छन । सिंहले गीतले जनयुद्ध लडेका महिलालाई वेश्यावृत्तिमा लागेको देखाएर सवै योद्धाहरुको अपमान गरेको भन्दै आपत्तिसँगै चुप लागेर सहेर नवस्ने चेतावनी दिएकी हुन । दर्शक र उनको पोष्ट पढ्नेहरुले भने अझैपनि जनयुद्ध लडेका सोझा योद्धाहरुको अवस्था सपुतले देखाएको भन्दा पनि अझै दयनिय भएको टिप्पणी गर्दै गितले माओवादी नेतृत्वको मुखमा थुकेको बताएका छन ।
क्रान्तिकारी सिंहले सपुतको पीर नामक म्यूजिक भिडियोप्रति आपत्ति जनाउँदै फेसवुकमा पोष्ट कमेन्ट गरेको दुई घण्टामै २ सय ६० जनाले कमेन्ट र ५७ जनाले शेयर गरेका थिए । माओवादीका केहि कार्यकर्ता र समर्थकहरुले सिंहप्रति समर्थन जनाएपनि अधिकांश कमेन्ट माओवादी नेतृत्व, चाकडि, चाप्लुसीमा रमाउने कार्यकर्ताप्रति खेद व्यक्त गर्दै सपुतको गितप्रति समर्थन गरिएको छ ।
सिंहको पोष्टमा हरिहर शर्माले यस्तो कमेन्ट गरेका छन
संविधानसभा निर्वाचनको क्रममा चितवन तत्कालीन क्षेत्र नम्बर एकमा चुनाव मा सहयोग गर्न आउनु भएको पुर्व जनमुक्ति सेनाका कमरेडहरु संग सहकार्य को क्रममा हुने अनऔपचारिक कुराकानिमा उहाँहरुले केही पुर्व जनमुक्ति सेनाका महिला योद्धाहरु काठमाडौ मा जीवन निर्वाह को लागि देह ब्यापार सहभागी हुनुपरेको र त्यो देख्दा नेतृत्वलाई गोलि हान्न मनलाग्ने कुरा गर्नु हुन्थ्यो चुनाव हारे पनि जिते पनि के अर्थ हिजोका कमान्डरहरुले चुनाव प्रचारप्रसार सहयोग गर्न भन्नुभयो त्यसैले नकार्न नसकेर मात्र आएको भन्नू भएको थियो
अर्का श्याम अधिकारीको कमेन्ट यस्तो छ
प्रकाश सपुतलाइ सलाम छ,स्वर्णिम सप्ना देखाएर युद्ध लडाउने हरु आज आफ्नो ब्यक्तिगत बिलासितामा रमाइरहेका छन,परिवार,आफ्नो जिन्दगीको कुनै प्रवाह नगरी अग्रपंक्तिमा रहेर युद्द लड्ने योद्दा,कोहि जिबिको पार्जनको लागि खाडी भासिएका छन त कोहि हात मुख जोर्नकै लागि शरीर बेच्न बाध्य छन।।। अझै खोज्ने हो भने हिजोका ती क्रान्तिकारी सिपाही आज एक पेट भर्न जस्तो सुकै काम गर्न नि तयार रहेका घटना भेट्न सकिन्छ ।। यथार्थतालाइ काल्पनिकतामा ल्याएर ती क्रान्तिकारी योद्धाका दुखक दिन झल्काइदिएकोमा हार्दिक धन्यवाद सहित साँगितिक सफलताको शुभकामना प्रकाशलाइ
नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले उनले शनिवार सामाजिक सञ्जालमा लेखेकी
महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन ।ब्यवस्थापनमा केही नभएको भन्ने पनि होेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरि प्रकाश सपूत जि ले युटुवमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३५ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ।तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।
यसैगरी माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति जनाएका छन
। उनले लेखेका छन, ुजब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् व्यापारमा सिर्जना नमारुन
पिर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ञदेह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन ( त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।
उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न ( अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन हो ?’ सायद ती महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे ु
प्रकास सपुतले भने यूटयुव च्यानलमा पीर नामक म्यूजिक भिडियो सार्वजनिक गर्दै यस्तो भनेका छन –
करिब ६ महिना पछि नयाँ गीत पिर लिएर आएका छौं। जसले देशको व्यवस्था परिवर्तनका लागि लडे तर स्वयं आफ्नै अवस्था पनि परिवर्तन भएन उनिहरुको कथा समेट्ने प्रयास गरिएको छ। सधै झै तपाईहरुको प्रेम र प्रतिक्रिया पाउनेछौ । धन्यबाद । धेरै माया