सुर्खेत- भेरी नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन जना बालबालिका बेपत्ता भएका छन्। सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन्।
शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिप्रका सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्।
हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन्।
भेरीको भेलले बगाएर तीन बालबालिका बेपत्ता
भेरीको भेलले बगाएर तीन बालबालिका बेपत्ता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु