काठमाडौं – सुनपसलवाट नगद र सुन बोकेर घर फर्कदै गरेका सुन व्यवसायीलाई बाटोमा छेक्दै आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ सौडियार घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन छन् । महेशलाई काठमाडौंबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले अभियुक्तहरुले गत बुधबार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेलाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।
मैनालीकाअनुसार पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेको आँखामा खुर्सानी छर्केर उनीहरूले लुटपाट गरेका थिए ।
उनीहरूको साथबाट एक लाख ६६ हजार नगद, दुईवटा मोटरसाइकल, २६१ ग्राम सुन र तरबार तथा खुँडालगायतका सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आँखामा खुर्सानीको छर्केर सुन पसले लुटने दुई पक्राउ
आँखामा खुर्सानीको छर्केर सुन पसले लुटने दुई पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु