पोखरा – नेपाल पत्रकार महासंघ कास्कीले प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीले शाखामा आगजनी गर्ने धम्की दिएको भन्दै महासंघले खेद व्यक्त गरेको छ ।
महासंघले नेपाल खेलकुद पत्रकार मंच गण्डकी शाखाको नवनिर्वाचित कार्य समितिलाई महासंघको भवनमा सपथ ग्रहणको कार्यक्रम नगराउन चेतावनी दिदै गिरीले त्यस्तो धम्की दिएको जनाएको छ ।
‘ नेपाल खेलकुद पत्रकार मंच गण्डकीको अधिवेशनको सन्र्दभलाई लिएर प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्षलाई मिति २०७८ चैत ०५ गते राति ११ बजेर ८ मिनेट जाँदा टेलिफोन गरी दिईएको धम्की प्रति नेपाल पत्रकार महासंघ कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको छ,’ नेपाल पत्रकार महासंघ कास्की शाखा सह सचिव श्रीराम सिग्देलद्धारा आईतवार जारी विज्ञप्तिमा भनिएको र्छ ’नेपाल खेलकुद पत्रकार मंच गण्डकीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गर्न दिएमा नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा आगो लगाएर ध्वस्त पारिदिने भनि दिएको धम्की अत्यन्तै निन्दनीय र खेदजनक छ । सिंगो महासंघको स्वाभिमानमा आँच आउने गरी प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले दिएको उक्त धम्कीले समग्र पत्रकारको भावनामाथि आघात पुगेको हाम्रो ठहर छ ।’
महासंघले पत्रकारसँग आवद्ध विभिन्न संघ संगठनहरुले नेपाल पत्रकार महासंघ कास्कीको भवन संचालनमा आएदेखि नै प्रयोग गर्दै आएको सर्वविदितै भएको उल्लेख गर्दै श्रमजीवी पत्रकारहरुको रगत, पसिना, आम पोखरावासीको साथ र सहयोगवाट महासंघको भवन निर्माण भएको जनाएको छ । साथै आगामी दिनमा कोहि कसैले यस्ता खालका धाक धम्कीपूर्ण व्यवहार नगर्न महासंघले आग्रह गरेको छ ।
सांकेतिक अभिव्यक्तिलाई अतिरञ्जित गरी राजनीतिकरण गरियो ः गिरी
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले पत्रकार महासंघमा पार्टीको अध्यक्षलाई आमन्त्रण गरेर सथप गराउँदा सिंगो पत्रकारिता क्षेत्रमा नकारात्मक असर पुग्ने महसुस गर्दै आन्दोलनको आगो बल्ने भनेको कुरालाई भवनसँग लगेर जोडेर अतिरञ्जित गरी राजनीतिकरण गरिएको वताएका छन ।
महासंघको आरोप बारे सोधिएको जिज्ञासामा अध्यक्ष गिरीले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सथप गराउने कार्यक्रम रोकिन पुगेकोमा प्रतिशोध स्वरुप अतिरञ्जित गरि राजनीति गरिनु दुःखद् भएको वताए ।
‘पत्रकार महासंघको हलमा पार्टीका प्रतिनिधि ल्याएर पत्रकार सम्मेलन गरिनु सामान्य हो । तर पार्टीको अध्यक्षलाई ल्याएर पत्रकारहरुलाई सपथ गराउदा सिंगो संस्था र पत्रकारहरु पनि पार्टीकै हुने भन्ने नकारात्मक सन्देश गएर पत्रकारिता जगतलाई नराम्रो असर पुग्छ भनेर त्यस्तो नगर्न भनेको हुँ,’ प्रेस चौतारी कास्कीका अध्यक्ष गिरीले
भने ‘ तर सांकेतिक रुपमा भनेको कुरालाई अतिरञ्जित गरी राजनीतिकरण गरियो । प्रचण्डबाट सपथ गराउन नपाएको झोंकमा यस्तो आरोप लगाईएको हो भन्ने मेरो बुझाई छ ।’
नेपाल पत्रकार महासंघ कास्कीको विज्ञप्तिप्रति असहमति जनाउँदै प्रेस चौतारी कास्की अध्यक्ष अर्जून गिरीले फेसवुकमा यस्तो स्टाटस लेखेका छन –