काठमाडौं -पपुवा न्युगिनीविरुद्ध नेपालले शानदार दोस्रो जित निकालेको छ। नेपालले ७ विकेटले खेल जितेको हो।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनी पीएनजीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा विकेट गुमाउँदै भेटाएको हो।
नेपालका लागि आरिफ शेख नटआउट रहँदै ५९ रनको अर्धशतकीय पालि खेले। त्यस्तै रोहित पौडेल पनि नटआउट रहँदै ४४ रन जोडेका थिए।
नेपालले पहिलो विकेटकारुपमा ओपनर ब्याटसम्यान आशिफ शेखलाई १० रनमा गुमाएको थियो। त्यस्तै दोस्रो विकेटकारुपमा कुशल भुर्तेल र तेस्रो विकेटकारुपमा दिपेन्द्रसिंह एरीलाई गुमाएको हो।
भुर्तेल ६४ बल खेल्दै ५० रनमा आउट भएका हुन्। भने एरी शून्य रनमा नै आउट भएका हुन्। पीएनजीका लागि आसड भलाले ९६ बलको सामना गर्दै ४५ रन जोडे। त्यस्तै लेगा सियकाले ३२ बल खेल्दै २० रन जोडेका थिए।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २र२ विकेट लिए। त्यस्तै करन केसी, आरीफ शेख, दिपेन्द्र सिंह एरी, पवन शराफले समान १र१ विकेट लिए। नेपालसँग टस हारेर पहिले ब्याटींग गरेको पीएनजीले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७३ रन जोडेको हो।
पपुवा न्युगिनीविरुद्ध नेपालले शानदार दोस्रो जित
पपुवा न्युगिनीविरुद्ध नेपालले शानदार दोस्रो जित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु