जनकपुर – ४ वर्षीया बालिका अपहरणमा संलग्नल६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तलाई पक्राउ गरेसँगै अपहरणमा परेको २४ घण्टाभित्रै धनुषा प्रहरीले बालिकालाई उद्धार गर्न सफल भएको छ
अपहरण गरी १५ लाख रुपैयाँ परिवारजनसँग फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ समेत गरेको छ।
बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकबाट ध्रुव मण्डलकी चार वर्षीया छोरी अचानक बेपत्ता भएकी थिइन्।
खोजविनको क्रममा शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गर्न सफल भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
अपहरणमा संलग्न भएको आरोपमा धनुषाको कमला नगरपालिका ८ बस्ने अभिषेक दाससहित ६ जनालाई पक्राउ गरिएको रजौरेले बताए।
उनका अनुसार अभिषेक जनकपुरमै बालिकाको परिवार डेरा लिएर बस्ने पुलचोक स्थित घरमै बस्दै आएका छन्।
अभिषेककै योजनामा विद्यालयबाट फर्केपछि बालिकाको अपहरण भएको अनुसन्धानबाट खुलेको एसपी रजौरेको भनाइ छ। अपहरण पश्चात उनीहरुले परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए।
बालिकालाई अभिभावकको जिम्मा लगाइएको र पक्राउ परेकाहरूमाथि अनुसन्धान गरिरहेको एसपी रजौरेले बताए।
६ अपहरणकारीलाई पक्राउ गरी बालिकाको उद्धार
६ अपहरणकारीलाई पक्राउ गरी बालिकाको उद्धार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु