बागलुङ – बागलुङको निसीखोलामा पिकअप भ्यान खस्दा नेकपा एमाले ढोरपाटनका अध्यक्ष ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अर्का एक यात्रु गम्भिर घाईते बन्न पुगेका छन ।
निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका २ थारुखोलामा मंगलवार अपरान्ह्तिर उत्तानो परेर खसेको थियो ।
घटना लगत्तै उद्धारमा खटिएका स्थानीयवासीले ढोरपाटन नगरपालिका–१ का ऋतुवर्ण पौडेललाई घटनास्थलबाट मृत अवस्थामा निकालेका थिए । मृतक पौडेल नेकपा एमाले ढोरपाटन नगरकमिटिका अध्यक्ष हुन् । दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ बर्षिया ३८ बर्षिय सुरेश थापा गम्भिर घाईते भएका छन ।
प्रहरी नायव उपरीक्षक इकवाल हवारीले पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको वताए । घाईतेको उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याईंदै गरेको हवारीले बताए ।
निसीखोलामा भ्यान खस्दा एमाले ढोरपाटनका अध्यक्षको मृत्यु
निसीखोलामा भ्यान खस्दा एमाले ढोरपाटनका अध्यक्षको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु