काठमाडौँ – स्थानीय निकायको चुनावको मतपत्र छापिरहेकोले बिद्यार्थीले समयमै पाठय पुस्तक नपाउने भएका छन ।
आगामी जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने कार्यक्रम तय गरिएपनि
अझै पुस्तक छापिएको छैन । जसले गर्दा बिद्यार्थीले भनेको समयमा पुस्तक नपाउने भएका हुन ।
जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा लिएको छ । कक्षा १–३ को किताब निजी पब्लिकेसनले छापेर बेच्नेछन । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले हालसम्म १ करोड ५५ थान पाठ्युपस्तक छापिसकेको जनाएको छ । ‘अब करिब ४० लाख थान पुस्तक छाप्न बाँकी छ,’ जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले भने ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखमै शैक्षिकसत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न देशभरका स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको छ । यसअघि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले जेठ १ मा नयाँ शैक्षिक सत्र सुरु गर्ने गरी २०७८ को शैक्षिक कार्यक्रम अघि बढाउन निर्देशन दिएका थिए ।
‘वैशाखभर विद्यार्थी भर्ना गरिसक्ने र जेठ १ बाट कक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएका छौं,’ केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले भने ।
कोभिड महामारीको दोस्रो र तेस्रो लहरका कारण चैत मसान्तमा सकिने शैक्षिकसत्र एक महिना पर धकेलिएको हो । चालु शैक्षिक सत्र गत असार १ मा सुरु भएको थियो ।
पाठ्यपुस्तक छाप्नै बाँकी रहेकाले वैशाखमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्ने भएको छ । जनक शिक्षाले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छापिरहेको छ ।
बोर्डले वैशाख ९ देखि एसईई सञ्चालन गर्दै छ । कोभिडका कारण दुई वर्षपछि बोर्डले तयार पारेको प्रश्नपत्र र तोकेको परीक्षा केन्द्रमा एसईई सञ्चालन हुँदै छ । अघिल्ला दुई वर्षमा विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । कक्षा १–९ को परीक्षा पनि चुनावअघि नै सक्नुपर्नेछ । बोर्डले जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।
मतपत्र छापिरहेकोले बिद्यार्थीले चाडै पुस्तक नपाउने
मतपत्र छापिरहेकोले बिद्यार्थीले चाडै पुस्तक नपाउने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु