उदयपुर- सँगै हिड्ने र अति विश्वास गरेकी सहपाठीले दाईको प्रयोग गरेर उदयपुरको बेलका नगरपालिका–३, बुद्ध चोककी १७ वर्षीया कविता सुनुवारको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।
हत्याको कारण पूर्ण रुपमा नखुलेपनि कल डिटेल, घटनाको प्रकृति र प्रारम्भिक वयानले साथिवाटै नै कविता मारिएको प्रहरीले जनाएको छ ।
हत्या गर्नेलाई आफ्नो कुरा चाहिँ सबै उसलाई सुनाउँछु, तर कविताले सुनाउँदिन भन्ने परेको रहेछ’ जिल्ला प्रहरी कार्यालय, उदयपुरका एसपी सुवासचन्द्र बोहोरा भन्छन्, ‘अरु पनि केही विषय हुनसक्छ, अहिले ठ्याक्कै खुलिसकेको छैन ।’
लामो समयसम्म दुईबीच बोलचालसमेत भएन । तर पछिल्लो केही दिनदेखि उनीहरुबीच एक्कासी कुराकानी हुन थाल्यो । एसईई परीक्षा आउन लागेकाले तयारी कक्षाहरु चलिरहेको थियो । मंगलबार बिहान साढे ४ बजे अनिताले कवितालाई फोनै गरेर ‘सँगै कोचिङ जाम्’ भन्दै आफूहरुलाई कुर्न भनिन् ।
कविताले पनि ‘हुन्छ’ भनिन्, तयार भएर बसिन् । किरात चोकस्थित घरबाट अनितालाई बुद्ध चोकमा रहेको कविताको घर पुग्न आधा घन्टा लाग्यो । साथमा काकाका छोरा १९ वर्षीया बिनोद ढकाललाई पनि लिएर गइन् ।
प्रहरीका अनुसार पाँच बजेतिर उनीहरु कविताको घरबाट निस्किए । स्थानीयका अनुसार उनीहरु पढ्ने कोशी जनता मावि, रामपुर कविताको घरबाट तीन किलोमिटर अगाडि थियो । ‘तर स्कुल पुग्न ६र७ सय मिटर बाँकी रहँदै उनीमाथि आक्रमण भयो’ बेलका–३ का वडाध्यक्ष भरतकुमार मगर भन्छन्, ‘स्कुल नपुगेपछि खोजी भइरहेको थियो, यशोदा खोलामा विभत्स अवस्थामा शव भेटियो ।’
जिल्ला प्रहरी कार्यालय, उदयपुरका एसपी बोहोराका अनुसार मृतकको शरीरमा पछाडि पट्टीबाट धारिलो वस्तुले प्रहार गरेको प्रारम्भिक अनुसन्धान देखिएको छ । ‘पछाडिबाट टाउको र खुट्टाहरुमा प्रहार गरेको देखिएको छ’ उनले भने, ‘घटनास्थलबाट वियरको बोतल र ढुंगा पनि बरामद गरेका छौं ।’
अधिकृतहरुका अनुसार मंगलबार हत्या गर्ने योजना अनुरुप नै कवितालाई घरबाट बोलाइएको देखिन्छ । तर हत्या पछाडिको कारण चाहिँ अझै स्पष्ट भइसकेको छैन । एसपी बोहोरा भन्छन्, ‘बुधबारबाट बयान लिन थाल्छौं, प्राविधि पक्षको पनि अनुसन्धान हुन्छ, त्यसपछि थप स्पष्ट होला ।’
प्रहरीले अहिले किशोरीहरुको सम्बन्ध केलाउन मोबाइलको कल डिटेल रेकर्ड सीडीआर, अन्य साथीहरुसँग बयान र सामाजिक सञ्जालमा पनि अनुसन्धान गरिरहेको छ । प्राविधिक अनुसन्धानको नेतृत्व संघीय प्रहरी इकाइ कार्यालय, धरानले गरिरहेको छ ।
शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । विद्यार्थीहरुले चाहिँ दोषीभन्दा कडा कारबाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् भने इलाका प्रहरी कार्यालयमा पनि धर्ना दिएका छन् ।
झिसमिसेमै बोलाएर साथिले दाईसँग मिलेर लिईन कविताको सास
झिसमिसेमै बोलाएर साथिले दाईसँग मिलेर लिईन कविताको सास

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु