सर्लाही – १५ लाख रुपयाँ फिरौती असुल्न छिमेकका बालकको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एकै परिवारका पाँचसहित ६ जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका १२ का दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको हत्या गरेर घरको सेप्टिक ट्यांकीमा फालेको अभियोगमा उनीहरु पक्राउ परेका हुन ।
गाउँमा न्वारानको भोज खान गएका ८ बर्षिय आकासको हत्या अभियोगमा प्रहरीले
छिमेकी जगदीश बदई, छोरा कृष्ण ठाकुर, बुहारी निरुता शर्मा, नेवा ठाकुर र संगीता बदई, सुनिल ठाकुर पक्राउ गरेको हो । यसैगरी जगदीशका आफन्त वडा नम्बर ११ मा घर भएका राकेश ठाकुर पनि पक्राउ परेका छन । घटनामा संलग्न केहि व्यक्तिहरु फरार रहेका प्रहरीले जनाएको छ । र्
बालकको अपहरणदेखि हत्या गर्ने र शव लुकाउन फरक फरक अभियुक्त लागेका अनुसन्धानकोक्रममा पत्ता लाग्यो,’ सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण पोख्रेलले भने ‘अभियुक्तहरु बिरुद्ध म्याद थप गरेर अनुसन्धान थप अनुसन्धान शुरु गरिएको छ ।’
अभियुक्तहरुले अपहरण गरेकै राति बालकको घाँटी थिचेर हत्या गरेपछि एक दिन घरभित्रै भर्याङ नजिक शव राखेका र शव गन्हाउन थालेपछि भोलिपल्ट बोरामा हालेर सेप्टिक ट्यांकीमा फालिदिएको प्रहरी समक्ष बयान दिएका थिए । त्यसैको आधारमा आरोपितको बयानका आधारमा शव निकालिएको एसपी पोख्रेलले बताए । बालकको हत्या गरेर अभिभावकसँगै खोजिको नाटक गरेकाले पीडितका आफन्त र प्रहरीले उनीहरुतर्फ शंका गरेको थिएन ।
आकाशको शव ५ दिनपछि छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा फेला परेको थियो । प्रादेशिक अस्पताल मलंगवामा बालकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको थियो ।
यस्तो थियो घटना
आइतबार गाउँमा न्वारानको भोज थियो। दीपेन्द्र ठाकुरका परिवार पनि त्यहाँ गएका थिए। तर साँझ आकाश घर फर्किएनन्। राति १० बजेसम्म पनि घरमा नभएपछि परिवार र आफन्तले गाउँमा सोधीखोजी गरे। तर कतै पनि फेला पार्न सकेनन्।
त्यसपछि पेट्रोल पम्प चौकीमा खबर गरे। प्रहरी टोली पुग्यो। तर, चौकीको टोलीले फेला पार्न नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप टोली खटियो। प्रहरीले खोल्साखाल्सी र आफन्तको घरतिर सोधीखोजी र्गयो। कहीँ पनि बालक फेला परेनन्।
साउदीमा रहेका बालकका मामा मुकेश ठाकुरको फेसबुक म्यासेन्जरमा एउटा नयाँ आईडीबाट म्यासेज पुग्यो।
‘मुकेश, सुन्दैछु दीपेन्द्रको छोरा हराएको छ। म खोजिदिन्छु, १५ लाख रुपैयाँ दिनुपर्छ। केटा मुर्तियामा छ’, मुकेशले पनि भान्जा हराएको खबर पाइसकेका थिए। मुकेशले आफ्नो म्यासेन्जरमा आएको म्यासेज गाउँमा सुनाए ।
त्यो कुरा गाउँमा हल्ला भयो। त्यसपछि रामदुलार ठाकुरको मोबाइलमा म्यासेज गयो, ‘हल्लाखल्ला बन्द गरौँ। हल्ला धेरै गर्यौ भने केटा मारिदिन्छु।’
प्रहरी पहिल्यै खोजतलासमा लागिसकेको थियो। यो म्यासेजका बारेमा प्रहरीलाई जानकारी भयो। त्यसपछि जिल्ला प्रहरी कार्यालयले त्यो फेसबुकमा म्यासेज गर्ने व्यक्ति पत्ता लगाउनतिर लाग्यो ।
प्रहरीको साइबर ब्युरोले फेसबुकसँग यसबारेमा जानकारी माग्यो । फेसबुकको सहायतामा खुल्यो, यो म्यासेज गर्ने व्यक्ति दीपेन्द्रकै छिमेकी रहेछन्। प्रहरीले उनलाई बुधबार राति पक्राउ गरयो ।
छोरो खोज्न साउदीबाट आए दीपेन्द्र
बालकका बुबा दीपेन्द्र रोजगारीका लागि साउदीमा थिए। आइतबार साँझ छोरो हराएको खबर उनलाई त्यसैदिन पुग्यो। सोमबार कम्पनीमा कुरा गरे। र, मंगलबार नेपाल फर्किए ।
काठमाडौं ओर्लिनासाथ सिधै घरतिर हानिए । दीपेन्द्र घर पुगेपछि आफन्तसँग मिलेर सोधीखोजी गरे । सबैतिर हेरे तर भेटेनन्। । उता प्रहरीले अब पत्ता लाग्छ भनिरहेको थियो ।
म्यासेजका आधारमा अनुसन्धान गरिरहेको थियो। प्रहरीले ४ दिनपछि पत्ता त लगायो तर दीपेन्द्रका छोरा जीवित भेटिएनन्। छिमेकीले पक्राउ परेपछि शव सेप्टिक ट्यांकीमा फालिदिएको बताए ।
दीपेन्द्र र घटना भएको छिमेकीको घर २० मिटरको दुरीमा छ । तर प्रहरीले त्यति नजिकै घटना भएको शंकै गरेन ।
१५ लाख फिरौती असुल्न बालकको हत्या गर्ने एकै परिवारका पाँच पक्राउ
१५ लाख फिरौती असुल्न बालकको हत्या गर्ने एकै परिवारका पाँच पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु