पोखरा- कास्कीको उतरी क्षेत्र माछापुच्छ्रिे गाउँपालिका –४,लाहाचोकस्थित मर्दीखोलामा कार खस्दा चार जना घाईते बनेका छन ।
,लाहाचोकबाट पोखरा आउँदै गरेको ग ३ च ७५८७ नं को कार विहान पौने आठ बजेतिर बाटोवाट करिव ७० मिटर तल मर्दीखोलामा खसेको थियो ।
दुर्घटनामा लाहाचोकका ७० बर्षिय भोजबहादुर श्रेष्ठ, ६३ बर्षिय भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ घाईते भएका छन्। घाइते चारै जनाको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लाहाचोकको मर्दीखोलामा कार खस्दा चार घाईते
लाहाचोकको मर्दीखोलामा कार खस्दा चार घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु