केहि समय अगाडिसम्म कोरोना भाइरसमा देखिने म्युटेसनलाई बढी चासोका साथ हेरिने गरिन्थ्यो । तर भाइरसमा समयक्रमसँगै हुने यस्ता म्युटेसनलाई प्राकृतिक मानिन्छ र तसर्थ देखिनुरहुनु अस्वाभाविक मानिँदैन । सबै म्युटेसन खराब हुँदैन । तर म्युटेसन मानव समुदायलाई नै प्रभावित पार्ने वा मानवीय क्षति गर्न सक्ने क्षमताको रहेछ भने त्यसको फैलावट जतिसक्दो चाँडो रोक्न गम्भीर भई योजनाहरू तीव्र बनाउनु पर्ने हुन्छ । जस्तै भेरिएन्ट अफ कन्सर्नू अन्तर्गत पर्ने अल्फा, बेटा, गामा, डेल्टा र पछिल्लो समय देखिएको ओमिक्रोन कोरोना भाइरसहरू मानव समुदायको लागि जोखिमयुक्त मानिन्थ्यो । यी भेरिएन्टहरु मध्य डेल्टाले नेपालमा सबैभन्दा ठुलो मानवीय क्षति सबैभन्दा घातक गरेको थियो भने ओमिक्रोनले सबैभन्दा धेरैलाई सङ्क्रमित सबैभन्दा सङ्क्रामक गरेको तथ्याङ्क छ । एक भन्दा बढी फरक भाइरसले एकै व्यक्तिलाई सङ्क्रमण गरेको अवस्थामा दुई भाइरस बीच जीन साटासाट हुन सक्दछ । र फलस्वरूप नयाँ स्वरूपको भाइरस विकास हुन जान्छ । लेखकले यस्तो भाइरसलाई हाइब्रिड भाइरसू र टेक्निकली रिकन्भीनेन्ट भाइरस वा पुनः संयोजनू भएको भन्ने गरेको छ । हाल कोरोनाको हाइब्रिड भाइरसू देखिने क्रम बढ्दै गएको देखिन्छ । पछिल्लो समय यस्ता हाइब्रिड भाइरसू लाई एक्स डीू,एक्स ईू,एक्स एफू जस्ता नामहरू दिएका छन् । यी हाइब्रिड भाइरसहरू मध्ये पछिल्लो समय एक्सको चर्चा बढी देखिन्छ ।
एक्स ईू भाइरस कसरी बन्यो ?
एक्स ईू भाइरस ओमिक्रोन भेरिएन्ट म्युटेसन भएर बनेको दुई फरक उप-प्रजातिका भाइरसहरूको सम्मिश्रणबाट विकास भएको भाइरस हो । युके हेल्थ सेक्युरिटी एजेन्सीू का अनुसार बेलायतमा गत मार्च २५ सम्ममा ६३७ एक्स ईू भाइरसका सङ्क्रमितहरू देखिएका थिए । एक्स ईू भाइरस हालसम्म देखिएको ओमिक्रोनको उप(प्रजातिका भाइरसहरू भन्दा बढी सङ्क्रामक अथवा तीव्र गतिमा फैलन सक्ने भनिएको छ । हङकङमा २ व्यक्तिमा आयातित एक्स ूईू भाइरस देखिएको एक अनुसन्धानले पुष्टि गरेको छ । तर हालसम्म एक्स ूईू भाइरस विगतको भन्दा बढी घातक देखिएको पुष्टि वा जानकारी भने छैन ।
के एक्स ईू भाइरसको विकास नेपालमा सम्भव थियोरछरु
माथि उल्लेख गरे झैँ दुई वा दुई भन्दा बढी फरक भाइरस एकै ठाउँ र समयमा फैलिरहेको छ र एकै व्यक्तिलाई सङ्क्रमण गरेको अवस्थामा हाइब्रिड भाइरसू विकास सम्भव हुन्छ यद्यपि यस्तो अवस्थालाई दुर्लभ नै मानिन्छ । कोरोनाको तेस्रो लहरमा डेल्टा, एस जीनू नेगेटिभ ओमिक्रोन र एस जीनू पोजेटिभ ओमिक्रोन भाइरस गरी तीन प्रकारका कोरोना सँगै फैलिएका थिए । एक्स हाइब्रिड भाइरस ूएस जीनू नेगेटिभ र एस जीन पोजेटिभ ओमिक्रोन मिलेर बनेको भाइरस भएकोले नेपालमा नै विकास हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर तेस्रो लहरको अवधिमा गरिएका कोरोनाका जिनोम सीक्वेन्सिङको नतिजाहरूले भने हाइब्रिड भाइरसू को बारेमा उल्लेख गरेका थिएन । यद्यपि लेखकले हाइब्रिड भाइरसको सम्भावनालाई भने व्यक्त गर्दै आइरहेको थियो । सङ्क्रमित हुनेको सङ्ख्या दैनिक पाँच अङ्कबाट झरेर हाल दुई अङ्कमा पुगेर पनि होला जिनोम सीक्वेन्सिङ गरेको वा नतिजा प्रकाशित भएको देखिँदैन । जिनोम सीक्वेन्सिङ बिना हाइब्रिड भाइरस वा रिकन्भीनेन्ट भाइरसू पत्ता लगाउन सम्भव हुँदैन ।
एक्स ईू कति चिन्ता योग्य भाइरस हो ?
एस जीनू नेगेटिभ र एस जीन पोजेटिभ ओमिक्रोनको मिलनबाट एक्स ईू भाइरसको उत्पत्ति भएको र यी दुई फरक म्यूटेटेड ओमिक्रोनका भाइरसहरू नेपालमा तेस्रो लहरको कारक भएकोले अर्थात् यसलाई अझ अर्को शब्दमा भन्नु पर्दा धेरै मानिसहरू यी दुई फरक भाइरसहरूबाट सङ्क्रमित भैसकेको लक्षण सहितर लक्षण विहीन हुनसक्ने भएकोले तत्काल चिन्ता लिनु पर्ने देखिँदैन । सम्भवतः, अधिकांशमा ओमिक्रोनका यी दुई फरक भाइरस बिरुद्धका एन्टीबडी बनिसकेको हुनुपर्दछ । त्यसमा पनि बिगतमा भन्दा धेरैले खोपको कम्तीमा दुई मात्रा लगाइसकेका पनि छन् ।
अन्तमा, एक्स ईू भाइरस भारत लगायत विश्वका विभिन्न देशहरू देखिँदै गइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारका माध्यमहरूले जनाएका छन् । नेपालको छिमेकी देश भारतमा पनि देखिएको भनिएकोले विगतको अनुभवहरूलाई आधार मान्ने हो भने नेपालमा पनि ढिलो चाँडो देखिन सक्दछ । यसको संक्रामकता ओमिक्रोनको भन्दा बढी भनिएता पनि घातकता भने नदेखिएकोले आत्तिइहाल्नु पर्ने अवस्था भने देखिँदैन ।