विराटनगर – विराटनगरमा चिकित्सक मृत फेला परेको घटना थप रहस्यमय बन्दै गएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक २६ वर्षीय विजय यादवको मृत्युको कारण अहिलेसम्म यकिन हुन सकेको छैन । प्रहरीको एक साता लामो अनुसन्धानले उनको मृत्युको कारण पहिल्याउन नसक्दा घटना थप रहस्यमय र पेचिलो बनेर गएको हो । घटनालाई निस्कर्षमा पुर्याउन प्रहरीले अनुसन्धानलाई भने जारी राखेको छ । तर घटनासँग सम्बन्धित प्रमाण जुटाउन प्रहरीलाई गाह्रो पर्दा अनुसन्धान जटिल मोडमा पुगेको छ ।
परिवारका सदस्य र आफन्तले उनको हत्या भएको दाबी गर्दै आएका छन् । अनुसन्धानमा दबाब दिन हिरा यादवको संयोजकत्वमा डा= विजय न्याय संघर्ष समिति गठन गरिएको छ । समितिले घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै शनिबार विराटनगरमा प्रदर्शनसमेत गरेको थियो । उच्चस्तरीय छानबिन समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्दै समितिले प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको ध्यानाकर्षण समेत गराएको छ ।
डा. विजय विराटनगर–४ स्थित डेरा बसेकै घरको कम्पाउण्डमा अघिल्लो शनिबार मृत फेला परेका हुन् । उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । प्रहरी स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धानबाट हत्यासँग जोडिएको कुनै प्रमाण फेला पर्न सकेन । प्रहरीले भने अनुसन्धानलाई प्रभावित पार्ने खालका कुनै पनि गतिविधी नगर्न सबैमा आग्रह गरेको छ । ुउत्तेजित बनाएर माहोललाई भड्काउने प्रयास गर्न हुँदैन ।
अनुसन्धान प्राभावित भयो भने घटनाको यथार्थ पत्ता लगाउन समस्या हुन्छ,ु प्रहरी स्रोतले भन्यो, ुअनुसन्धानको दायरालाई फराकिलो पारेर लगिएकाले प्रहरीमाथि शंका गर्नुपर्ने कुनै कारण छैन । घटनाको निस्कर्ष निस्कन र सत्यतथ्य पत्ता लाग्न केही समय लाग्न सक्छ ।ु प्रहरीले घटनाको अनुसन्धानलाई सहयोग पुर्याउन सबैलाई आग्रह पनि गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका डा। विजयको शवको पोस्मार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । प्रहरीले पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेको छ । प्रहरी स्रोतका अनुसार रिपोर्टबाट समेत हत्याको पुष्टि हुन सकेन । पोस्मार्टम रिपोर्टमा शरीरमा भित्री चोट रहेको र रगत जमेको उल्लेख रहेको प्रहरी स्रोतले बतायो । रिपोर्टका आधारमा डा। विजय दुर्घटनामा परेको हुनसक्ने आशंकासमेत गरिएको छ । डेरा बसेको घरको माथिल्लो तलाबाट खसालेर हत्या गरिएको हुनसक्ने सम्भावना भने जीवितै रहेको प्रहरी स्रोतले बतायो ।
पोस्टमार्टम रिपोर्टका बारेमा अध्ययन गरिरहेको प्रहरी अब भिसेरा परीक्षण रिपोर्टको पर्खाइमा छ । भिसेरा रिपोर्टले घटनाका बारेमा थप प्रष्ट पार्ने प्रहरीको अपेक्षा छ । प्रहरीले डा. विजयसँगै होटलमा राति अबेरसम्म खानपिन गर्ने २ जनासहित ८ जनालाई नियन्त्रणमा लिएर यस घटनाको अनुसन्धान गरिरहेको छ । सिसी टिभी फुटेज, कल डिटेल रिपोर्ट सीडीआर समेतका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिहेको हो ।
चिकित्सक मृत्यु प्रकरणलाई निस्कर्षमा पुर्याउन विभिन्न कोणबाट सुक्ष्म ढंगले अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । ुअनुसन्धान गरेर घटनालाई निस्कर्षमा पुर्याउनका लागि प्रहरी सक्रिय छ । जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउनेतर्फ केन्द्रित छौँ,ु उनले भने, ुपोस्टमार्टम रिपोर्टसमेतलाई केलाएर मिहीन ढंगले अनुसन्धान जारी राखिएको छ । अनुसन्धानमा सबै पक्षबाट सहयोगको अपेक्षा गरेका छौँ ।ु
केही समय लागे पनि प्रहरीले घटनालाई निस्कर्षमा पुर्याएर छाड्ने प्रतिवद्धता एसपी कोइरालाले जनाएका छन् । घटनालाई गम्भीर र शंकास्पद मानेर प्रहरीले निक्कै संवेदनशील हिसाबले अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
चिकित्सक हत्याकाण्ड थप जटिल बन्दै
चिकित्सक हत्याकाण्ड थप जटिल बन्दै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु