काठमाडौं – भारतमा ओमिक्रोन ‘एक्सई’ भेरियन्ट देखिएको छ। ओमिक्रोन भेरियन्ट बीए र बीए २० भन्दा १० गुणा बढि संक्रामक रहेको नयाँ भाइरस भारतसँगै बेलायत, न्युजिल्यान्ड र थाइल्यान्डमा देखा परेको हो।
ओमिक्रोनको भेरियन्ट बीए १ र बीए२ म्युटेशन भएर ‘एक्सई’ नामक हाइब्रिड भेरियन्ट निस्किएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा। शेरबहादुर पुन बताउँछन्।
विश्व स्वास्थ्य संगठनले छिटो तथा धेरैमा एकैपटक संक्रमण फैलाउन सक्ने भएका कारण यो भाइरसलाई हाइब्रिड भाइरस मानेको छ। पहिलेको ओमिक्रोन भेरियन्ट भन्दा १० गुणा बढी संक्रामक भएकै कारण विश्व स्वास्थ्य संगठनले यस भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको उनी बताउँछन्।
तथापी, हालसम्म यो भेरियन्ट गम्भीर रहेको पुष्टि नभएको डा. पुनले बताए। “विभिन्न अध्ययनका अनुसार दोस्रो लहरमा डेल्टा भेरियन्टको जस्तो ओमिक्रोन एक्सईले गम्भीर असर गर्दैन। त्यसैले पनि नयाँ म्युटेसनमा डराउनुपर्ने जरुरी छैन,” डा. पुनले भने।
यो भेरियन्ट छुट्याउन पनि समस्या हुने गरेको छ। ओमिक्रोन बीए(१ र बीए(२ भेरियन्ट पीसीआर परीक्षण गर्दा पत्ता लााग्ने गरेको थियो। यसमा एस जीन परीक्षण गर्दा नेगेटिभ देखाउँथ्यो भने एक्सईमा एस जीन पोजेटिभ नै भएका कारण डेल्टा र ओमिक्रोन एक्सई छुट्याउन समस्या हुने गरेको उनले बताए।
यो भेरिएन्ट भारतमा पनि फेला परिसकेको छ। त्यसैले नेपालमा पनि संक्रमण हुने सम्भावना भएको उनले बताए।
संक्रमण चाँडो फैलिए पनि कमै असर गर्ने उनी बताउँछन्। यससँगै अधिकाशंलाई ओमिक्रोन संक्रमण भइसकेको र धेरैले खोप लगाइसकेकाले पनि कमै असर गर्ने उनको भनाई छ।
भारतमा नयाँ भाइरस फैलिरहेको छ। कतिपय राज्यमा सतर्कता अपनाउन थालिएको छ।
भारतमा नयाँ ओमिक्रोन देखिएपछि नेपालमा सर्तकता अपनाउन जोड
भारतमा नयाँ ओमिक्रोन देखिएपछि नेपालमा सर्तकता अपनाउन जोड

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु