पोखरा – म्याग्दीवाट पोखरा आउँदै गरेको यात्रुवाहक बस पोखरा वाग्लुङ्ग राजमार्गको फेदीस्थित घट्टेखोलामा दुर्घटनामा परेको छ । तीव्र गतिमा रहेको बस आईतवार साँझपख सडकमा राखिएको डिभाईडरमा क्रस गर्नेक्रममा उफ्रिएर सडकमा पल्टिएको प्रहरीले अनुमान गरेको छ ।
करिव एक दर्जन यात्रु बोकेर आउँदै गरेको ना ४ ख १५३१ नम्वरको यात्रुुवाहक वस पोखरा २५ स्थित घटटेखोलामा पल्टिदा आठ यात्रु घाईते बनेका प्रहरीले जनाएको छ ।
करिव एक दर्जन यात्रु बोकेर आउँदै गरेको ना ४ ख १५३१ नम्वरको यात्रुुवाहक वस पल्टिदा आठ यात्रु घाईते बनेका प्रहरीले जनाएको छ । दुर्घटनाको खवर लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एंव प्रहरी उपरीक्षक रमेश थापाको नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरेको थियो । प्रहरी उपरीक्षक थापाले घाईतेहरुलाई तत्काल एम्वुलेन्स लगेर उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको वताए । सडकमा पल्टिएको बसलाई डोजरको सहयोगले हटाईएको थियो ।
यसैगरी मुस्ताङको जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ना १ ख ७१४१ नम्बरको रौनियार ट्राभलको बस सोमबार दिउँसो करिव ३ बजे थासाङ-१ टुकुचे र खन्तीकोबीचको कालोपत्रे सडकमा दुर्घटना भएको छ ।बसमा सवार २७ भारतीय तीर्थालु मध्ये २ जना घाईते भएका छन् । बाँकी २५ भारतीय तीर्थालु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।
बसमा सवार दुई जना घाईते तीर्थालुलाई उपचारका लागि लेते प्राथमिक स्वास्थ्य केन्द्र र टुकुचे स्वास्थ्य चौकी लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।प्रहरीका अनुसार बसमा प्राविधिक समस्या आएपछि दुर्घटना भएको जनाईएको छ । दुर्घटनापछि अहिले जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कोवाङको टोली घटना स्थलमा पुगिसकेको छ ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेते देखि मार्फासम्म कालोपत्रे विस्तार भईसकेको छ । सडक कालोपत्रे भएसंगै दुर्घटना हुने क्रम बढेको प्रहरीको भनाई छ । केही महिना अघि सोही स्थानमा एक बलेरो जीप दुर्घटना भएको थियो ।