काठमाडौं – मिर्गौला प्रत्यारोपण गरेका उनलाई रुघाखोकी लाग्यो। ललितपुरस्थित निदान अस्पतालको सघन उपचार कक्षमा भर्ना भए। ज्वरो नआएको र अक्सिजन आवश्यक नपरेपछि चिकित्सकले वार्डमा पठाए। तर, त्यसलगत्तै खोकीसँगै ज्वरो आयो। एन्टिबायोटिक ट्याक्जोब्याक्टम र पिप्रासिलिन चलाए। तर, त्यो औषधिले कामै गरेन। २९ वर्षीय ती युवालाई अर्को टेइकोप्लालिनन टार्गोसिड चलाए।
‘आफै हिँडेर सघन उपचार कक्षबाट बाहिर निस्केका बिरामीलाई एक सातापछि भेन्टिलेटरमा राख्नुपर्यो। पोलिमिक्सिन बी नामक एन्टिबायोटिक चलाएपछि बल्ल बिरामीको अवस्थामा सुधार आयो’, बिरामीका आफन्त भन्छन्, ‘पछिल्लो एन्टिबायोटिकले प्रत्यारोपित मिर्गौलालाई नराम्रो असर गर्यो। सुरुकै औषधिले काम गरेको भए भेन्टिलेटरमा बस्नुपर्ने थिएन।’
कडा एन्टिबायोटिक सेवन गरेका ती युवाको भेन्टिलेटरमा उपचाररत हुँदा मिर्गौलामा समस्या भयो। डायलासिस गर्नुपर्यो। सौभाग्यवशः प्रत्यारोपित मिर्गौला पुनः सक्रिय भएको बिरामीका आफन्त बताउँछन्।
पहिलो पटक टाइफाइड हुँदा सिप्रोफ्लोक्सासिन सेवन गरेका व्यक्तिलाई दोस्रो पटक त्यही औषधि प्रभावहीन देखिएको छ। गम्भीर प्रकृतिको झाडापखालामा सेवन गर्ने लोपरामाइड प्रेसक्राइबै गरिन छाडेको चिकित्सक बताउँछन्।
वरिष्ठ छातीरोग विशेषज्ञ डा। दीर्घसिंह बमका अनुसार क्षयरोगीमा पनि एन्टिबायोटिकले काम नगर्ने समस्या बढिरहेको छ। ‘बिरामीले बीच–बीचमा औषधि खाने–छोड्ने बानीले गर्दा क्षयरोगको किटाणु मर्दैन। झन् बढी शक्तिशाली हुन पुग्छ’, डा। बम भन्छन्, ‘एन्टिबायोटिक प्रभावहीन हुन पुग्छ।’
उनका अनुसार सुरुवाती चरणमा सेवन गरेको औषधि प्रभावहीन हुँदा कतिपय क्षयरोगी थप कडा एन्टिबायोटिक सेवन गरिरहेका छन्। जसलाई एमडीआर÷एक्सडीआर टीबीका रूपमा लिइन्छ।
सरुवा रोग विशेषज्ञका अनुसार क्षयरोगको सामान्य औषधि खाँदा रोग निको नभएका बिरामीलाई क्यानामाइसिनलगायत इन्जेक्सन दिइन्छ। सामान्य औषधिले नछुने अवस्थामा पुगेका र नियमित औषधि नखाएका बिरामीलाई कडा एन्टिबायोटिक औषधि दिने गरेको पाइन्छ।
नेपाल औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी औषधि प्रभावहिन हुँदा मृत्युको प्रमुख तथा पहिलो कारण हुने अवस्था रहेको बताउँछन्। ‘कतिपय औषधि अहिले पनि प्रभावहीन भएको पाएका छौं। अवस्था भयावह नै छ’, केसी भन्छन्, ‘अहिदेखि नै एन्टिबायोटिकको दुरुपयोग नरोक्ने हो भने अवस्था दुर्भाग्यपूर्ण हुन्छ।’
पहिला एउटै औषधि सेवन गर्दा निको क्षयरोगी हुन्थे। अहिले दुई–तीनवटा मल्टि ड्रग्स सेवन गर्नुपर्ने अवस्था भएको चिकित्सक बताउँछन्। ब्याक्टेरियाले एन्टिबायोटिक पचाउने क्षमता बढाएका कारण बिरामी र चिकित्सक तनावमा परिरहेका छन्।
नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की नयाँ एन्टिबायोटिक पत्ता लाग्न धेरै समय लाग्ने बताउँछन्। त्यसैले पनि यसको दुरुपयोग रोक्नुपर्ने सुझाउँछन् अध्यक्ष डा। कार्की। भन्छन्, ‘नयाँ एन्टिबायोटिक बन्न धेरै समय लाग्छ। सीमित एन्टिबायोटिकबाटै काम चलाउनु परेको छ। एन्टिबायोटिकको दुरुपयोगले रेजिस्टेन्ट बढ्छ। पछि गएर उपचारका लागि औषधि नै नहुने जोखिम हुन्छ।’
विश्वमा बर्सेनि ७ लाखकोे मृत्यु
वैज्ञानिक अलेक्जेन्ड फ्लेमिङले सन् १९२८ मा एक प्रकारको ढुसीबाट पेनिसिलिन नामक एन्टिबायोटिक पत्ता लगाएका थिए। यसको उत्पादन हुनुअघि उपचार अभावमा सामान्य संक्रमणबाट ज्यान जाने गरेको थियो।
एन्टिबायोटिक उत्पादनको शताब्दी पनि प्रभावहीन हुँदै गएको छ। सन् १९४५ मै वैज्ञानिक फलेमिङले नोबल पुरस्कार ग्रहण गर्दै भनेका थिए– ‘कुनै दिन पेनसिलिन बजारमा सजिलै पाइन थाल्नेछ। केही मानिसले चाहिनेभन्दा थोरै वा धेरै प्रयोग गर्दा जीवाणुहरूले प्रतिरोध गर्ने छन्।’
उनको भविष्यवाणी सत्य सावित भएको छ। ब्याक्टेरियाले एन्टिबायोटिकसँग समायोजन हुन खोजिरहेको औषधि विज्ञ बताउँछन्। यो भनेको ब्याक्टेरियाविरुद्ध लड्ने हतियारका रुपमा रहेको औषधि भुत्तेसरह हुनु हो।
एन्टिबायोटिक प्रभावहीन भइरहेकोमा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले पनि चिन्ता व्यक्त गरेको छ। डब्लूएचओका अनुसार यही कारण हरेक वर्ष विश्वभर ७ लाख व्यक्तिले ज्यान गुमाइरहेका छन्। हरेक ४५ मिनेटमा एक जनाको मृत्यु भइरहेको छ। यही अवस्था कायम रहिरहे सन् २०५० सम्ममा १ करोडभन्दा बढीले ज्यान गुमाउने डब्लूएचओको अनुमान छ। यसबाट करिब ६६ अर्ब पाउन्ड आर्थिक क्षति हुने चेतावनी छ। संयुक्त राष्ट्र संघले पनि सन् २०१६ मा विशेष घोषणामार्फत यस समस्यासँग जुध्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
नेपालमा अहिलेसम्म एन्टिबायोटिक औषधिको प्रभावकारिताबारे अध्ययनअनुसन्धान भएको छैन। नेपालमा कति भित्रन्छ र खपत हुन्छ भन्ने यकिन तथ्यांक छैन। डब्लूएचओको अध्ययनअनुसार नेपाललगायत दक्षिण एसिया र फ्रिकाका विकासोन्मुख मुलुकमा एन्टिबायोटिक प्रभावहीन हुन पुगेका छन्। जीवाणुमा प्रतिरोधी क्षमता बढ्दा एन्टिबायोटिक निष्प्रभावी हुन्छन्। एन्टिबायोटिक प्रभावहीन हुँदा औषधि विज्ञ एवं चिकित्सकहरू चिन्तित छन्।
कसरी हुन्छ प्रभावहीन ?
ब्याक्टेरियाविरुद्ध लडेर शरीरको रक्षा गर्ने औषधि नै एन्टिबायोटिक हो। यसले शरीरमा प्रवेश गरेको ब्याक्टेरियालाई निस्तेज पार्छ। एन्टिबायोटिकविरुद्ध ब्याक्टेरियाले प्रतिरोध गर्ने गुण विकास गरेको अवस्थालाई चिकित्सकीय भाषामा एन्टिमाइक्रोवियल रेसिस्टेन्ट भनिन्छ। संक्रमणको अनुमानका आधारमा हुने चिकित्सकीय प्रेसक्राइब, फार्मेसिद्वारा हुने जथाभावि बिक्री वितरण र आफूखुसी सेवन गर्ने बिरामीको प्रवृत्तिले एन्टिबायोटिक प्रभावहीन हुन पुगेको विज्ञ बताउँछन्।
विज्ञ बाबुराम हुमागाईंका अनुसार ब्याक्टेरियाविरुद्ध काम गर्नुपर्ने औषधिले प्रभाव पार्न छाडेको अवस्थालाई प्रभावहीन ९रेसिस्टेन्ट०का रुपमा लिइन्छ। ‘कुनै एउटा फाइटरले अर्को फाइटरसँग एकचोटी लडिसकेको छ भने प्रतिद्वन्द्वीको तौरतरिका९ट्रिक० थाहा भइसकेको हुन्छ’, विज्ञ हुमागाईं भन्छन्, ‘औषधि सेवनबाट ब्याक्टेरिया मरेन÷उम्किन सफल भएमा त्यसको सन्तान(दरसन्तानको शारीरिक संरचनामा नै परिवर्तन हुन पुग्छ। एन्टिबायोटिकको प्रभाव नपर्ने गरी भित्रि संरचना परिवर्तन गरेर सुसज्जित हुन्छ। फलस्वरूप, पहिला प्रभावकारी मानिएको एन्टिबायोटिक औषधि प्रभावहीन हुन पुग्छ।’
चिकित्सक संघका अध्यक्ष डा। कार्कीका अनुसार एन्टिबायोटिक औषधि प्रभावहीन भएको अनुभव मुलुकका धेरै फिजिसियनसँग छ।
बढ्दो दुरुपयोग
ब्याक्टेरियाबाट हुने रोगविरुद्ध प्रतिजैविक औषधि ९एन्टिबायोटिक० प्रयोग गरिन्छ। यसलाई जीवनदायी लाइफ सेभिङ औषधिका रूपमा लिइन्छ। ब्याक्टेरिया छुट्टयाउन कल्चर र सेन्सिटिभिटी परीक्षण गरी औषधि पे्रसक्राइब गर्नुपर्छ। कोरोना भाइरस संक्रमणका बेला एन्टिबायोटिकको दुरुपयोग झन् बढी भएको छ। बिरामीले पनि एन्टिबायोटिक औषधि लेख्न दबाब दिने गरेको चिकित्सक बताउँछन्। औषधि उत्पादक एवं अस्पतालको व्यवस्थापनले आम्दानी बढाउन चिकित्सकलाई एन्टिबायोटिक प्रेसक्राइब गर्न आग्रह गर्छन्। औषधि पसलेले सामान्य रुघाखोकी, ज्वरो आउने तथा घाँटी दुख्दा पनि सहजै एन्टिबायोटिक दिन्छन्। चिकित्सक संघका अध्यक्ष डा। कार्कीका अनुसार आवश्यक नहुँदा पनि एन्टिबायोटिक बेच्ने र सेवन गर्ने प्रवृत्ति छ। भन्छन्, ‘जथाभावि एन्टिबायोटिक चलाउँदा ब्याक्टेरिया निस्तेज नभई उल्टै सेन्सिटाइज हुन्छ। बाठो हुन्छ।’
दुरुपयोगका कारण प्रभावहीन हुने अवस्था बढ्दो क्रममा रहेको विज्ञ हुमागार्इं बताउँछन्। ‘कुनै पनि बेला डरलाग्दो स्थिति आउन सक्छ’, हुमागाईं भन्छन्, ‘दुई दशकयता ब्याक्टेरिया शक्तिशाली हुँदै गएको छ। एन्टिबायोटिक औषधिको विकास असाध्यै ढिलो भइरहेको छ।’
एन्टिबायोटिक सेवनै नगरेका व्यक्तिलाई पनि रेसिस्टेन्ट हुने विज्ञको भनाइ छ। ‘एन्टिबायोटिक सेवन गरेको छैन। त्यसैले रेसिस्टेन्ट हुँदैन भन्ने विश्वास धेरैमा पाइन्छ। जुन गलत हो’, हुमागाईं भन्छन्, ‘एन्टिबायोटिक सेवन नगरेको व्यक्तिमा रेसिस्टेन्ट हुँदैन भन्न सकिँदैन। हावा, खाद्यपदार्थ वा जुनसुकै ठाउँमा ब्याक्टेरिया बसिरहेका हुन्छन्। एन्टिबायोटिकको एक्सपोजर भइसकेको ब्याक्टेरियाका सन्तानको शरीरमा प्रवेश हुन सक्छ। एन्टिबायोटिक चक्की सेवन नगरेको व्यक्तिमा रेसिस्टेन्ट हुन सक्छ।’
विभागका वरिष्ठ औषधि व्यवस्थापक केसी कोरोना संक्रमणको बेला उपभोक्ता, विक्रेता र चिकित्सकबाट एन्टिबायोटिकको दुरुपयोग भएको बताउँछन्। संक्रमितले गुगल सर्च गर्ने तथा सामाजिक सञ्जाल हेरी आफूखुसी सेवन गर्ने प्रवृत्ति रह्यो। ‘विज्ञ चिकित्सकको सिफारिस बिना उपभोक्ताले एन्टिबायोटिक खोज्ने वा खाने गर्नु भएन। वितरकले पनि प्रेसक्रिप्सन बिना उपभोक्ताले माग्दैमा दिनुहुँदैन।’ केसीले भने।
आफ्नै स्वास्थ्यमा खेलवाड
छिटो निको हुन बिरामीले आफूखुसी एन्टिबायोटिक सेवन गर्ने प्रवृत्ति छ। चिकित्सक संघका अध्यक्ष डा। कार्कीका अनुसार ५ सय रुपैयाँको टिकट काटेर जँचाउनुभन्दा फार्मेसीमा फुत्त गएर औषधि सेवन गर्ने प्रवृत्तिले जोखिम निम्त्याउँछ। विज्ञ हुमागाईं भन्छन, ‘बिरामी पनि दोषी छन। ज्वरो आयो एन्टिबायोटिक खाईदिऊँ कि क्या हो भन्ने पनि छन्।’
एन्टिबायोटिक सेवन गरेको एक दुई दिनमा बिसेक महसुस गर्दै औषधि छोड्ने प्रवृत्ति छ। एन्टिबायोटिकको पूरा अवधि सेवन गर्नुपर्छ। तर, एक–दुई चक्की खानेबित्तिकै निको भएको महसुस गर्दै बीचैमा छोड्दा पनि रेसिस्टेन्ट बढ्ने चिकित्सक बताउँछन्। डा। मरासिनी भन्छन, ‘पूरा मात्रा डोज नखाइदिने समस्याले रेसिस्टेन्ट बढेको हो।’
वरिष्ठ औषधि व्यवस्थापक केसी उपभोक्तालाई पनि मनखुसी सेवन नगर्न सुझाउँछन्। एन्टिबायोटिक आवश्यक हो कि होइन यकिन गरेर मात्र सेवन गर्नुपर्ने हुमागार्इं बताउँछन्। यसका लागि उपभोक्ता, उत्पादक, विक्रेता र चिकित्सकबीचको सहकार्य हुनुपर्ने उनको भनाइ छ। ‘आपसमा समन्वय गरेमा एन्टिबायोटिक औषधिको रेसिस्टेन्टलाई घटाउन सकिन्छ’, उनी भन्छन्।
जनावर र वनस्पतिमा प्रयोग
मानवमा मात्र होइन कुखुरा, चौपायाका साथै बनस्पतिमा पनि एन्टिबायोटिक प्रयोग बढ्दो छ। जीवजन्तुबाट मानिसमा व्याक्टेरिया सर्ने संभावना उत्तिकै रहन्छ। खेतीपाती गरिएको भूमिमा किटाणु, किरा, फट्याङ्ग्राले सागसब्जी नोक्सान गराउन नदिन प्रयोग गरिने एन्टिबायोटिक तथा किट नाशक औषधिको जथाभावि प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्ट झन बढाएको छ। सब्जी बालीको उपभोग गर्दा एन्टिबायोटिक रेसिस्टेन्ट जीन मानव शरीरमा प्रवेश गर्छ।
औषधि परामर्श परिषद्का सदस्य दीपक दाहाल भन्छन्, ‘जमिनमा भएको एन्टिबायोटिकलाई पानीले बगाएर पानीको स्रोतसम्म पुर्याउन सक्छ। त्यो पानीको प्रयोग गर्ने जलचर र थलचरमा पनि रेसिस्टेन्ट जिन समावेश हुन्छ।’
कुखुरामा संक्रमणबाट जोगाउन एन्टिवायोटिक दाना र पानीबाट दिइन्छ। औषधि विज्ञ हुमागाईं भन्छन्, ‘कुखुराको भुत्ला वा मासुमा एन्टिबायोटिक तत्व हुन्छ। मासु पकाउँदा तातोका कारण एन्टिबायोटिक नष्ट होला। बधशालादेखि घरसम्म ल्याउँदा व्याक्टेरिको सूक्ष्म जीवाणु वातावरणमा पुग्छ। मासु सेवन गर्दा पनि रेजिस्टेन्टको जोखिम हुन्छ।’ प्रेसक्रिप्सनबिना औषधि बिक्री गरे पाँच वर्षभन्दा माथि र जन्मकैदसम्मको व्यवस्था छ। औषधि परामर्श परिषदका सदस्य दीपक दाहाल मानव स्वास्थ्य, कृषि, भेटेरेनरी र वातावरण र चार क्षेत्रलाई समेटेर तत्काल नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउँछन्। नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका दाहाल भन्छन्, ‘भइरहेका कानुनको कार्यान्वयन गर्नुपर्छ। जवाफदेही हुँदै नियमनकारी निकाय प्रभावकारि हुनुपर्छ।’ मानव, पशुपन्छि, जलचर र वनस्पतिमा प्रयोग गरिने एन्टिबायोटिकको निर्देशिका बनाई कार्यान्वयन गर्नुपर्ने खाँचो रहेको दाहाल बताउँछन् ।
योजनाको कार्यान्वयन खोइ ?
मुलुकको पन्ध्रौं योजना ९आर्थिक वर्ष २०७६र७७–२०८०र८१०मा एन्टिबायोटिक औषधिको दुरुपयोग नियन्त्रण र औषधिको अनुसन्धानलगायत विषयलाई प्रभावकारी बनाउन नियमनकारी निकायको विकास तथा विस्तार गरिने उल्लेख छ। योजना बनाउने तर नियमन गर्न नसक्नु सरकारको कमजोरी भएको
औषधि विज्ञ हुमागाई बताउँछन्। ‘कुन अवस्थामा एन्टिबायोटिक प्रयोग गर्ने रु प्रयोग गर्ने अधिकार कसलाई दिने रु कुन एन्टिबायोटिक रिजर्व राख्नेलगायत विषयमा नीति बनाउनु पर्छ’, उनी भन्छन्, ‘नीति बनाई नियमनकारी निकायलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्छ।’
एन्टिबायोटिक सेवन र यसको महत्वबारे सरकार, औषधि कम्पनी एवं फार्मेसी सुसूचित गराउन नसकेको हुमागाई बताउँछन्। ‘फार्मेसीहरू जवाफदेहि पनि भएनन्। त्यसले गर्दा जनविश्वास गुम्दो छ’, उनी भन्छन्, ‘सरकारले नियमन प्रभावकारी गर्नुपर्छ। जनचेतना फैलाउनु पर्ने आवश्यक छ। चिकित्सक, फार्मेसी, औषधि कम्पनि र सरकारले सुसूचित गराउने दायित्व निर्वाह गर्नु पर्यो।’
जथाभावी प्रेसक्राइब
महोत्तरी बर्दिबास—१३ का करण महतो सामान्य भाइरलको समस्या हुँदा पनि एन्टिबायोटिक सेवन गर्न बाध्य हुनुपरेको गुनासो गर्छन्। २९ वर्षीय महतो भन्छन्, ‘सामान्य ज्वरो थियो। कोरोना भाइरस परीक्षण गर्दा नेगेटिभ देखियो। डाक्टरसँग सवालजवाफ गर्ने कुरा भएन। अनावश्यक रूपमा एन्टिबायोटिक औषधि खानुपर्यो।’
एन्टिबायोटिक औषधिको समूह ‘ख’ मा पर्छन्। एन्टिबायोटिक प्रेसक्राइबका लागि नेसनल एन्टिबायोटिक ट्रिटमेन्ट गाइडलाईन्स २०१४ छ। चिकित्सकको प्रिक्रिप्सन बिना बिक्री वितरण गर्न मिल्दैन। औषधि प्रेसक्राइब गर्दा उत्पादक कम्पनीले विक्रेता एवं चिकित्सकलाई कमिसन दिन्छन्।
ब्वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा। गणेश गुरुङका अनुसार मानवीय पक्षलाई बेवास्ता गर्दै कतिपय चिकित्सक मुनाफामा केन्द्रित हुँदा पेसागत साख खस्कँदै गएको बताउँछन्। ‘जुन औषधि कम्पनीले बढी बोनस दिन्छन। त्यहीँं कम्पनीद्वारा उत्पादित एन्टिबायोटिक सिफारिस गर्नुभएन। क्षणिक रूपमा चिकित्सकलाई फाइदा त होला।
तर, बिरामीलाई ठूलो नोक्सानी हुन्छ। अन्ततः चिकित्सकको पनि साख पनि गिर्छ’, उनी भन्छन्।
बिरामी चाँडै निको हुन खोज्छन्। कतिपयले चिकित्सकलाई दबाबसमेत दिन्छन्। ‘एन्टिबायोटिक आवश्यक नपर्ने बेला पनि प्रेसक्राइब गर्दा पनि पछि बिरामीलाई रेसिस्टेन्सको जोखिम हुन्छ’, हुमागाईं भन्छन्, ‘एउटाको ठाउँमा दुईवटा अथवा दुई सय मिलिग्रामको डोजले पुग्ने ठाउँमा पाँच सय मिलिग्राम प्रेसक्राइब पनि हुने गरेको छ। यो प्रेसक्राइब एनार्की हो।’
वरिष्ठ औषधि व्यवस्थापक केसीका अनुसार चिकित्सकले आवश्यकताका आधारमा मात्र एन्टिबायोटिक सिफारिस गर्नुपर्छ। ‘कतिपय अवस्थामा एकैचोटी कडा खालका एन्टिबायोटिक औषधि सिफारिस गर्ने चलन देखिएको छ। स्तरीय उपचार विधि तथा निर्देशिकामा आधारित भएर एन्टिबायोटिक सिफारिस गर्नुपर्छ। कल्चर गरेर मात्र एन्टिबायोटिक सिफारिस गर्नुपर्छ’, उनी भन्छन्, ‘विक्रेताले पनि डाक्टरी पुर्जाको आधारमा मात्र एन्टिबायोटिक्स औषधि दिनुपर्छ। सेवन गर्ने समय र अवधिका बारेमा विक्रेताले बिरामी पक्षलाई काउन्सिलिङ गर्न जरुरी छ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनी एन्टिबायोटिकको दुरुपयोग बढ्नुमा उपभोक्ताका साथै औषधि विक्रेता र चिकित्सकहरू जिम्मेवार भएको बताउँछन्। एन्टिबायोटिक रेसिस्टेन्ट हुनुमा बिरामी, चिकित्सक, फार्मेसिका साथै सरकारसमेत दोषी भएको विज्ञ बताउँछन्। विज्ञ हुमागाईं भन्छन, ‘कुनै एक पक्षलाई मात्र दोष दिन मिल्दैन। सबै पक्ष जिम्मेवार छन्।’