वुटवल -छोरीको हत्या भएको भन्दै माईती पक्ष विरोधमा उत्रिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकी नगर भेटनरी लाइनका एकै परिवारका तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुुद्धा दर्ता गरिएको छ ।
अमृता खत्रीको शंस्कास्पद मृत्युलाई आफन्तले हत्या भएको ठहर गर्दै श्रीमान, सासु र ससुरालाई कार्वाहीको माग गर्दै प्रर्दशनमा उत्रिएका थिए । प्रहरीले आरोपिहरुलाई पक्राउ गरेर ज्यान मुद्धा दर्ता गर्न सहमति भएपछि पीडित पक्षले अमृताको शव पोष्टमार्टम गर्न तयार भएका हुन । अमृताका श्रीमान प्रेम टण्डन ससुरा टहलसिंह टण्डन र सासु दीपा टण्डनलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरेर आरोपीहरुबारे अनुसन्धान भइरहेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले बताए ।
गत चैत ३० मा राती माइतबाट घर फर्केको करिब १ घण्टा ४५ मिनेटपछि अमृताको बिष सेवनवाट मृत्यु भएपछि आफन्तले हत्या भन्दै दोषिलाई कार्वाहीको माग गर्दै घर घेराउ गरेका थिए ।
शुक्रबार इलाका प्रहरी कार्यालय अगाडि पीडित पक्षले गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।
अमृताको माइतीघर गुल्मीको रुरुक्षेत्र गाउँपालका–५ बम्घा खैरेनीमा छ । उनले गुल्मीकै चालपालामा घर भएका प्रेम टण्डनसँग विवाह गरेकी थिइन् । प्रेम इन्जिनियर हुन् । अहिले उनीहरु तिलोत्तमामा घर बनाएर बस्न थालेका थिए । अमृताको घरबाट करिब ५ सय मिटरको दुरीमा माइती बस्छन् ।
नयाँ वर्षको अघिल्लो दिन साँझ ८ बजेतिर प्रेमले फोन गरेर घरमा बोलाएका थिए । अमृताका दाजु पुष्पक खत्रीकाअनुसार ‘घर नआए छोरालाई जे पनि गर्न सक्छु’ भनेर प्रेमले धम्क्याएका थिए । घर पुगेको करिब डेढ घण्टापछि अमृताले ‘असुरक्षित छु’ भनेर म्यासेज गरेको उनका दाई पुष्पकले दावी गरेका छन् । त्यसबारे इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरिरहेको छ ।
अमृता र प्रेमको साढे ७ वर्षका छोरा छन् । माइतबाट गएको केही समयपछि प्रेमले ससुरालीमा फोन गरेर अमृताले ‘विष सेवन गरेको’ हुनाले अस्पताल लगेको जानकारी दिएका थिए । घरबाट प्रहरीले विषको बट्टा बरामद गरेको छ । विष खुवाएको वा उनी आफैले खाइन्, भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अमृताको शव रुपन्देहीस्थित प्रादेशिक अस्पतालमा छ ।
श्रीमान्, सासु र ससुरा बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता
श्रीमान्, सासु र ससुरा बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता
"अमृता खत्रीको शंस्कास्पद मृत्युलाई आफन्तले हत्या भएको ठहर गर्दै श्रीमान, सासु र ससुरालाई कार्वाहीको माग गर्दै प्रर्दशनमा उत्रिएका थिए । "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु