ताप्लेजुङ -फुङलिङ नगरपालिका ११ मा छिमेकीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
वैशाख २ गते बिहान ५४ वर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाइते भएकी थिइन्। उनको बिहीबार बिहान मृत्यु भएको हो।
कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको छ।
हत्या अभियोगमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
महिलाले कुटेर महिलालाई मारिन
महिलाले कुटेर महिलालाई मारिन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु