काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनमा प्रयोग हुने प्रचार सामाग्रीको उत्पादन बन्द गर्न निर्देशन दिएको छ।
चुनाव नजिकिएसँगै टोपी, टिसर्ट, झण्डा, ब्यानर, लकेट जस्ता सामाग्रीको उत्पादन बढेपछि आयोगले त्यस्तो काम आचारसंहिता विपरीत रहेको भन्दै उत्पादन नगर्न ध्यानाकर्षण गराएको हो।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रचार सामाग्रीको उत्पादन रोक्न नेपाल चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघजस्ता संस्थालाई भनिएको जानकारी दिए।
आयोगले बिहीबारसम्म ५३ जिल्लाको १ करोड १९ लाख थान मतपत्र छापिएको जनाएको छ।
चुनाव प्रचार सामाग्री बन्द गर्न निर्देशन
चुनाव प्रचार सामाग्री बन्द गर्न निर्देशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु