पोखरा – पाँच दलिय भागवण्डामा देशकै ठुलो पोखरा महानगरपालिकाको मेयरको भाग पाएको नेकपा एकिकृत समाजवादीले धनराज आचार्यलाई चुनावी मैदानमा उतार्ने भएको छ ।
एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाउनेक्रममा आचार्यलाई उम्मेदवार बनाएको हो ।
आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ।
एकीकृत समाजवादीको भागमा परेको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाउने सहमति भएको एक पदाधिकारीले नेपालखबरलाइ जानकारी दिए।
यसैगरी बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
‘हाम्रो पार्टीको भागमा परेका एक महानगरपालिका र एक उपमहानगरका प्रमुख उम्मेदवार टुंगो लगाएका छौं’, उनले भने, ‘चार उपमहानगरका प्रमुख-उपप्रमुखको उम्मेदवार पनि तोकिसकेका छौं, भोलि उम्मेदवारी मनोनयन गर्छौं।’
गठबन्धनको भागवण्डामा पोखराको मेयर पाएको समाजवादीले आचार्यलाई उम्मेवार बनाउने
गठबन्धनको भागवण्डामा पोखराको मेयर पाएको समाजवादीले आचार्यलाई उम्मेवार बनाउने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु