काठमाडौँ – वाणिज्य बैंकबाट निक्षेप बाहिरिने क्रमले गत साता पनि निरन्तरता पायो । जसअनुसार गत साता यही वैशाख २ देखि ९ गतेसम्म मात्र वाणिज्य बैंकहरूको निक्षेप करिब १० अर्ब रुपैयाँले घट्यो । चैत ३० को तुलनामा गत शुक्रबारसम्मको तथ्यांक हेर्दा ९ दिनको अवधिका वाणिज्य बैंकहरूको निक्षेप करिब २२ अर्ब रुपैयाँले घटेको देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँ छ । यस्तो निक्षेप वैशाख २ मा ४३ खर्ब ७७ अर्ब र चैत ३० मा ४३ खर्ब ८९ अर्ब रुपैयाँ थियो । यो अवधिमा पहिले नै आयात भएर तिर्न बाँकी रकमको भुक्तानी भएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको रकम भुक्तानी गरेको लगायत कारणले निक्षेप घटेको जानकारहरू बताउँछन् । त्यसो त चालु आर्थिक वर्षका अधिकांश महिनामा बैंकहरूमा निक्षेप बढ्न सकेको छैन । रेमिट्यान्स बढ्न नसक्नु, अपेक्षित रूपमा सरकारी खर्च नहुनु लगायत कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न नसकेको हो ।
पछिल्ला दुई सातामा बैंकहरूमा निक्षेपजस्तै कर्जा प्रवाहमा पनि कमी आएको छ । जसअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९४ अर्ब रुपैयाँ छ । यही वैशाख २ मा यस्तो कर्जा प्रवाह ४१ खर्ब ९५ अर्ब र चैत ३ मा ४१ खर्ब ९७ अर्ब रुपैयाँ थियो । आर्थिक वर्षको तेस्रो त्रैमासमा केही कर्जा असुली भएकाले चैतको तुलनामा केही कर्जा घटेको जानकारहरू बताउँछन् ।
बैंकबाट एक सातामै २२ अर्ब निकालियो
बैंकबाट एक सातामै २२ अर्ब निकालियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु