पोखरा- निजी कारको ठक्करवाट कास्कीको लेवाडेमा आईतवार विहान मोटरसाईकल पछाडि सवार १८ बर्षिया युवतीको मृत्यु भएको छ ।
पोखरा वाग्लुङ राजमार्गको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा १८ बर्षिया सविना पुनको मृत्यु भएको हो । र्दुघटनामा मोटरसाइकल चालक ४५ बर्षिय जितवहादुर पुन गम्भिर घाईते बनेका छन । घाईते पुनको पोखराको सिर्जनाचोकस्थित मेट्रोसिटि हस्पिटल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ।
मोटरसाईकललाई ठक्कर दिएपछि कार चालक कार छाडेर मकैवारी मकैवारी हुँदै भागेका स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई वताएका छन ।
फरार कार चालकको खोजि र घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कारले मोटरसाईकलाई ठक्कर दिदा छोरीको मृत्यु, वुवा गम्भिर घाईते
कारले मोटरसाईकलाई ठक्कर दिदा छोरीको मृत्यु, वुवा गम्भिर घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु