चितवन -बाघले आक्रमण परेर चितवनको एक सामुदायिक बनमा घाँस काटन गएका एक वृद्धको मृत्यु भएको छ । आइतबार बिहान घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघले हानेर मृत्यु भएको हो ।
राप्ती घाँसे मैदानमा घाँस काट्दै गर्दा दाहाललाई बाघले आक्रमण गरेपछि प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली हात्तीसहित खोजि गर्न जंगलमा पुगेको थियो ।
दाहालको शव बाघले आक्रमण गरेको ठाउँभन्दा अन्दाजी १ किलोमिटर पर बिहान १० बजे तिर फेला परेको चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।
बाघको आक्रमणवाट चितवनमा बृद्धको मृत्यु
बाघको आक्रमणवाट चितवनमा बृद्धको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु