काठमाडौं -सत्तारूढ पाँच दलीय गठबन्धनले एकजुट भएर चुनावी तालमेललाई अघि बढाएर सक्रिय हुन निर्देशन दिएको छ।
गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएअनुरुप एकजुट भएर निर्वाचनमा होमिने निर्णय लिएको हो।
बैठकले पाँच दलको समझदारीअनुसार उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानमा समझदारीअनुरुप कार्य गर्न(गराउन सबैले मातहत निकायलाई निर्देशन गर्ने निर्णय गरेको हो।
बैठकले गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ।
यो निर्णय पालना नगर्नेलाई आ(आफ्ना दलले कारबाही गर्ने निर्यण भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन्।
बागी परेका कयौँ स्थानमा गठबन्धनले उम्मेदवारी फिर्ता गराउन नसकेको अवस्थामा एकजुट भएर अघि बढ्ने निर्णय भएको हो। चितवन, पोखरा र विराटनगर जस्ता ठूला स्थानमा गठबन्धन दलविरुद्ध बागी परेको छ।
गठबन्धनले एकजुट भएर तालमेल नगरे कार्वाही गर्ने चेतावनी
गठबन्धनले एकजुट भएर तालमेल नगरे कार्वाही गर्ने चेतावनी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु