कैलाली – तीन साताअघि विवाह गरेका एक नवजोडि सामुदायिक बनमा झुण्डिएको अवस्थामा फेला परेका छन ।
गत चैत २७ मा विवाह गरेका ती जोडी घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा भेटिएका हुन । बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंहको शव सडेगलेको अवस्थामा भेटिएकोले केहि दिन अघि नै मरेको प्रहरीको अनुमान छ । उनीहरुको मृत्यु बारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए ।
आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने बताए ।