सुनसरी – रामधुनी नगरपालिका ८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन् ।
रामधुनी नगरपालिका वडा नम्बर ८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि मृत फेला परेका हुन्।
उनी गत विहीबार इनरूवा- ४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए ।
उनी अपहरणमा परेको हल्ला फैलिएको २४ घण्टापछि बिहीबार परिवार र जिल्ला प्रहरी कार्यालय सुनसरीको सम्पर्कमा आएका थिए ।
उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख सञ्जय सिंह थापाले बताए ।
यसअघि नेपाली कांग्रेसका कार्यकर्ता रहेका पौडेलले वडाध्यक्षमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।
स्वतन्त्र उम्मेदवार मृत फेला
स्वतन्त्र उम्मेदवार मृत फेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु