काठमाडौं -चीनमा कोरोना महामारी ह्वात्तै बढेकाले हाङ्चौमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म हुने भनिएको १९औँ एसियाली खेलकुद एसियाड स्थगित गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया ओसिएले एसियन गेम्स स्थगित गरेको जनाएको हो । काउन्सिलले चिनियाँ ओलम्पिक कमिटी र हाङचौ एसियाली खेल आयोजक समितिसँगको छलफलपछि एसियाड स्थगित गरिएको जनाएको हो । यो वर्षको एसियाड अब आगामी वर्ष हुने भनिएको छ तर महिना र मिति पछि घोषणा गर्ने बताइएको छ ।
नेपालले हालै मात्र २३ वटा खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो । जसमध्ये तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबलटेनिस हुन् ।
कोरोना बढेकोले १९औँ एसियाड स्थगित
कोरोना बढेकोले १९औँ एसियाड स्थगित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु