काठमाडौँ – स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि मंगलबार रातिदेखि नेपाल भारत सीमाना पूर्णरुपमा बन्द गरिने भएको छ। २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सम्पुर्ण सीमानाका बन्द गरिने प्रहरीले जनाएको छ।
सीमाना जोडिएका जिल्लाका प्रहरी कार्यालयले सीमा नाका पुर्णरुपमा बन्द हुने जानकारी गराइसकेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका सम्पुर्ण नाका तीन दिन बन्द हुने जानकारी गराएको हो।
निर्वाचनमा सुरक्षाका कारण तीन दिन सीमानाका ठप्प गर्न लागिएको हो। भारतमा निर्वाचन हुँदा पनि नेपालसँग जोडिएका सबै सिमानाका बन्द गरिन्छ।
देशभित्रै पनि मतदानको दिन अत्यावश्यक बाहेकका यातायात चल्ने छैनन्। ३० गते बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स, दमकल, दुरसंचार, शव वाहन, विद्युत सेवा जस्ता अत्यावश्यक र अनुमति लिएका यातायात मात्रै सञ्चालन गर्न पाइने छ।
अन्य सार्वजनिक तथा निजी सवारीसाधन बन्द गरिनेछ।
सुरक्षाका लागि भोलिदेखि सिमानाका नाका बन्द
सुरक्षाका लागि भोलिदेखि सिमानाका नाका बन्द

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु