दाङ – निर्वाचन बहिष्कारको नीति लिएको नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई बिहीबार बिहान भालुबाङबाट पक्राउ गरेको हो ।
निर्वाचनमा बास्तोला पक्षले अवरोध गर्न सक्ने शंका गरी नियन्त्रणमा लिएको
प्रहरी स्रोतले वतायो ।
नेत्रविक्रम चन्दले कारबाही गरेपछि बास्तोला र हेमन्तप्रकाश वलीले उल्टै चन्दलाई कारबाही गरी नेकपा बहुमत गठन गरेका थिए । बास्तोला र वलीले निर्वाचनमा सहभागी नहुने धारणा अघि सारेका थिए भने चन्द निर्वाचनलाई उपयोग गर्ने रणनीतिमा लागेका थिए । चन्द विभिन्न ठाउँमा स्वतन्त्र उम्मेद्वार बनाएर निर्वाचनमा सहभागी भएका छन् ।
बास्तोला र वलीले निर्वाचन बहिस्कार गर्ने रणनीति बनाएका कारण निर्वाचन सुरक्षालाई मध्यनजर गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।