पाल्पा- एमाले र गठबन्धन दलका कार्यकर्ताहरु कुटाकुट गर्दा रैनादेवी छहरा ४ छहरा मंगालमा दुई कार्यकर्ता घाईते भएका छन ।
मौन अवधिमा मतदाता प्रभावित पार्न खोजेको भन्दै विवादमा उत्रिएका दुवै पक्ष कुटाकुट गरेका हुन । घटनामा दामोदर पौडेल र तल्लो छहराका रिखीबहादुर थामी घाईते बनेका छन ।
दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पौडेल कांग्रेस र थामी एमाले निकट कार्यकर्ता हुन् । एमाले कार्यकर्ताले पौडेललाई रातिको समयमा गाउँ पसेको आरोपमा कुटपिट गरेको कांग्रेसले आरोप लगाएको छ । पौडेलको दाहिने हात फुस्किएको छ ।
एमालेलाई गाउँमै बसेका बेला गठबन्धनका कार्यकर्ताले गाउँमै विवाद गर्दा थामी घाइते भएका हुन । स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अगुवाले भीड नियन्त्रणमा लिएका थिए ।
मंगलबार रातिदेखि मौन अवधि सुरु भएपनि एमाले र गठबन्धनका नेता, कार्यकर्ता भने रातीको समयमा भेला हुने, हो हल्ला गर्ने, दुवै पक्षबीच एक अर्कालाई आरोप लगाउने गर्दै आएका छन् । मौन अवधिमा आचारसंहिता विपरीत कार्य भइरहेपनि निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मीले कडाई नगरेको स्थानीयको आरोप छ ।
उता, रिब्दीकोट गाउँपालिका–८, फेकमा रातिको समयमा मतदाता प्रभावित पार्न गाउँ डुलेको लु १ च २१९५ नम्बरको योद्धा पिकअप जिप मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको छ । एमाले निकट कार्यकर्ताले रातीमा सवारी साधन गाउँमा डुलाएको गठबन्धनबाट प्रहरीलाई खबर आएपछि गस्ती टोलीले सवारी साधन नियन्त्रणमा लिएकोहो ।
एमाले र गठबन्धन दलका कार्यकर्तावीच कुटाकुट
एमाले र गठबन्धन दलका कार्यकर्तावीच कुटाकुट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु