भरतपुर -पाँच दलिय गठबन्धका उम्मेदवारको बिरुद्ध सक्रिय बनेको आरोपसहित नेपाली कांग्रेसले पूर्व सांसद सहित भरतपुरका पाँच जना नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारका विरुद्ध सक्रिय रहेको भन्दै कांग्रेसले निलम्बन गरेको हो। पूर्व सांसद भीमबहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा। केशव पौडेललाई निलम्बन गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जनाएका छन्।
पार्टीको विधान र अनुशासन भन्दा बाहिर रहेर कार्य गरेकाले तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको कार्यवाहक मुख्य सचिव पराजुलीले जनाएका छन्। कांग्रेस चितवन जिल्ला कार्यसमितिले उनीहरूलाई कारबाही गर्न केन्द्रमा सिफारिश गरेका थियो।
गठबन्धनका उम्मेदवार बिरुद्ध लाग्ने कांग्रेसका १० सदस्य निलम्वित
गठबन्धनका उम्मेदवार बिरुद्ध लाग्ने कांग्रेसका १० सदस्य निलम्वित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु