दोलखा – नेपाली कांग्रेसका कार्यकर्ताहरुले विहीवार रातिदेखि नै बुथ कब्जा गर्न खोजेपछि बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा तनावग्रस्त बन्न पुगेको छ ।
कांग्रेसका कार्यकर्ताले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थल तनावग्रस्त बनेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर समेत गरेको छ ।
२०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले वडा २ को बुथ कब्जा गरेका थिए ।
शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने भनिए पनि अहिलेसम्म त्यहाँ मतदान सुरु हुन सकिरहेको छैन ।
काग्रेसले बुथ कव्जा गर्न खोजेपछि दोलखाको बैतेश्वर तनावग्रस्त
काग्रेसले बुथ कव्जा गर्न खोजेपछि दोलखाको बैतेश्वर तनावग्रस्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु