सुर्खेत – जिल्लामा हावाहुरीसहित आएको वर्षाका कारण मतदान स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेसम्म मतदान कार्य भएपनि हावाहुरीसहित पानी परेपछि मतदान प्रभावित भएको हो । अहिले सुर्खेतका अधिकांश स्थानमा इन्टरेट सेवा पनि अवरुद्ध भएको छ ।
हावाहुरीले वीरेन्द्रनगरमा दर्जनौं रुख ढलेका छन् भने विधुतका पोल ढल्दा विधुत र नेट सुविधा अवरुद्ध भएको हो।
केहिबेर अघिदेखि पानी रोकिएकाले मतदान कार्य अघि बढाउनेबारे छलफल भइरहेको छ । सुर्खेतमा अहिलेसम्म ३० देखि ३५ प्रतिशत मत खसेको बताइएको छ।
यसैगरी धनुषाका सबै स्थानीय तहको निर्वाचन प्रभावित भएको छ।
जिल्लाका १८ वटै पालिकामा निर्वाचन स्थगित भएको मुख्य निर्वाचन अधिकृत श्रृधर पन्थीले जानकारी दिए। उनका अनुसार मतपेटिका र कागजपत्र सुरक्षित स्थानमा राखिएको छ।