सोलुखुम्बु — दमकी विरामी बृद्धालाई मत खसाल्न बोकेर ल्याएपनि घर नलगिकन अलपत्र पारेका कारण मृत्यु भएपछि भएको विवादमा झडप हुँदा सोलुखुम्बुको सोताङ गाउँपालिकामा एक युवकको मृत्यु भएको छ ।
सोताङ ३ मा भोट हाल्नुअघि बोकेर ल्याउने र हालिसकेपछि अलपत्र छाडेका कारण बृद्धाको मृत्यु भएपछि गठबन्धन दल कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा कांग्रेस कार्यकर्ताले हानेको ढुंगाले टाउकोमा लागेर गम्भिर घाईते बनेका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर राईको मृत्यु भएको घटनाको बारेमा छानवीन गर्न तीन जनालाई पक्राउ गरिएको वताए ।
मत हाल्न बोकेर ल्याएकी बृद्धालाई अलपत्र छाडेर मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ता कुटाकुट गर्दा युवकको मृत्यु
मत हाल्न बोकेर ल्याएकी बृद्धालाई अलपत्र छाडेर मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ता कुटाकुट गर्दा युवकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु