बेनी – म्याग्दीको मालिका गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । स्थानीय तह निर्वाचनको मतगणनाको पहिलो पटक मालिकाको परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार टंकप्रसाद पुनले ४०७ मत प्राप्त गरेर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी एमालेका वुद्धी पुनले ४०७ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्र ९ख०का सभापति रहेका पुन यसअघि २०७४ को स्थानीय तह चुनावमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए। यस्तै, नेकपा ९माओवादी केन्द्र०का तिलक पुनले ९८, राप्रपाका समबबहादुर घर्तिले १० र मंगोल नेशनलका कुशल पुनले २९ मत प्राप्त गरेका छन् ।
वडा सदस्यमा कांग्रेसका हरिबहादुर पुन, मानसिंह सापकोटा, तनदेवी पुर्जा र कौशिला पटेल विजयी भएका छन् । एक हजार ६३ मत खसेको सो वडाबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद पुनलाई ४३६, एमालेका वेगप्रसाद गर्बुजालाई ३९८, माओवादीका रेशमबहादुर जुग्जालीलाई १२९ र मंगोल नेशनल अर्गनाइजेशनका खमबहादुर रोकालाई ३३ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले बताए । सो वडामा २१ मत वदर भएको छ ।