जोमसोम – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेको प्यानल विजयी भएको छ। वारागुङ मुक्तिक्षेत्रको वडा ४ बाहेक अन्य वडामा नेकपा एमालेले वर्चश्व कायम गरेको छ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष जितेको पालिकामा एमालेको उम्मेदवारले ईन्ट्री गरेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार रिनजिङ नामगेल गुरुङले ८६७ मत प्राप्त गरी विजय भएका छन्। उनको प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार आङजेन गुरुङले ५७७ मत पाउँदा २९० मतान्तरले एमाले उम्मेदवार विजयी भएका हुन्।
यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार दिकी गुरुङले ७४९ मत ल्याई विजय भइन्। उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी उम्मेदवार धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरिन्। उपाध्यक्ष पदमा एमाले उम्मेदवारले ७२ मतान्तरले विजय भएकी हुन्।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा १,३ र ५ मा वडाध्यक्षसहित एमालेको प्यानल विजय भएका छन् भने वारागुङ ५ मा कांग्रेसले वडाध्यक्ष र एक सदस्य जितेको छ। यहाँ एमालेका २ जना सदस्य विजय भएका छन्। यस्तै, वारागुङ मुक्तिक्षेत्र–४ मा भने नेपाली कांग्रेसले वडाध्यक्षसहितको प्यानल विजय भएको छ।
शुक्रबार रातिदेखि सुरु भएको मतगणना शनिबार दिउँसो १२ बजेसम्म ३ वटा पालिकाको मतगणना परिणाम सम्पन्न भइसकेको छ। लोमान्थाङ र थासाङ गाउँपालिकामा मतगणना जारी छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेको प्यानल विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेको प्यानल विजयी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु