काठमाडौं – स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ। निर्वाचन आयोगले गएराति २२ बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४४ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो।
हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो। आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्ने छ।
कुन कुन मतदान केन्द्रमा किन भयो रद्द
निर्वचान आयोगका अनुसार ठाकुरदेवी माविको क, ख र ग मा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित भएको थियो। त्यस्तै जनप्रेमी आवि पुरानो गाइघाटको क, ख र ग मा ३ बजेपछि पानी परेपछि मतदानमा अवरोध पुगेको थियो। जसका कारण मतदान स्थगित हुन पुग्यो। त्यस्तै परोरिया आविको क र ख मा धाँधली भएको भन्दै ढुंगामुढा भएपछि निर्वाचन स्थगित भएको थियो।
त्यस्तै जनता मावि हरिहराको क र ख मा मतदान अधिकृतले फरक चुनाव चिन्हमा मत हालेको भन्दै मतपेटिका फुटाएपछि मतदान रद्द हुन पुगेको थियो।
त्यस्तै गाविस भवन बसपिटीमा जसपाबाहेक अन्य राजनीतिक दलहरुले मतदान स्थगित गर्न अनुरोध गरेकाले मतदान अधिकृतले सूचना टाँस गरी स्थगित भएको जानकारी दिएका थिए। त्यस्तै नेरा प्रावि बरगाछीमा एमाले र जसपाका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै मतदानमा अवरोध गरेपछि स्थगित हुन पुगेको आयोगले जनाएको छ। त्यस्तै स्वास्थ्य चौकी क र ख मा धाँधली भएको भन्दै राजनीतिक दलहरुले हुलदंगा गरेपछि मतदान स्थगित भएको थियो। त्यस्तै श्री मावि भेडियाहीको क र ख मा अज्ञात समूहले मतपेटिकामा पानी खन्याएपछि मतदान रद्द भयो। श्री मावि चिकनाजेठरियाको क, ख र ग मा अज्ञात समूहले मतपेटिका लुटेर लगेपछि चुनाव स्थगित भएको आयोले जनाएको छ।
त्यस्तै प्रावि लक्ष्मीपुरको क र ख मा राजनीतिक दलहरुबीच झडप भएपछि मतदानमा अवरोध सिर्जना भइ चुनाव स्थगित भएको थियो। आदर्श प्राविको क र ख मा पनि राजनीतिक दलहरुले हुलदंगा गरेको र मतदाताहरुलाई लखेटेपछि चुनाव स्थगित भएको थियो।
त्यस्तै कंकाली प्राविको क र ख मा अज्ञात समूहले चुनावमा खटिएका कर्मचारीहरुलाई धम्काएपछि चुनाव स्थगित हुन पुग्यो। इनरवा प्राविको क, ख र ग मा भने मतपेटिकामा आगजनी गरेपछि मतदान प्रक्रिया रद्द भएको थियो।
त्यस्तै शिवशंकर प्राविको ख मा मुचुल्का गरेको बन्द बाकस लुगेर लगेपछि चुनाव स्थगित भएको हो। राकाथुममा कांग्रेस र एमालेबीच कुटाकुट भएपछि मतदान स्थगित भएको आयोगले जनाएको छ। त्यस्तै श्रीराम मावि ठाटीडाँडा कोशीदेखाको क र ख मा राजनीतिक दलहरुबीच मुठभेड भएपछि निर्वाचन स्थगित हुन पुग्यो। शंकर मावि गर्ज्याङकवोटमा राजनीतिक दलका प्रतिनिधिहरुले मतपेटिका कब्जा गरेको र च्यातेको भन्दै निर्वाचन स्थगित भएको आयोगले जनाएको छ।
त्यस्तै भगवती माविमा राजनीतिक दलहरुबीच वादविवाद भएपछि चुनाव स्थगित भयो। चंखेली आधारभूत विद्यालय बोहरावडामा सम्पर्क टुटेपछि मतदान स्थगित भएको थियो। त्यस्तै मालिका माविमा वारेस सम्बन्धी विवाद भएपछि चुनाव स्थगित भयो भने रमालमस्टो मावि स्युना र जनता मावि खार्दुपमा राजनीतिक दलका कार्यकर्ताहरुबीच विवाद भएपछि चुनाव स्थगित भयो।
त्यस्तै पिस क्रियटर एकेडेमी हतियारसहित मतदान केन्द्रमा आएपछि चुनाव स्थगित भयो। विजय मावि भिम विकास बस्तीको क, ख र ग केन्द्रमा फर्जी मतदान भएपछि चुनाव स्थगित भएको आयोगले जनाएको छ। त्यस्तै यशोधरा माविमा अर्कै व्यक्तिको मतदाता परिचय पत्र लिएर मतदान गरेपछि चुनाव स्थगित हुन पुग्यो।
त्यस्तै कालिका देवी माविमा इच्छाएको व्यक्तिले धेरै मत हालेपछि चुनाव स्थगित भयो। जगन्नाथ माविको क र खमा स्वतन्त्र र नेपाली कांग्रेसका प्रतिनिधिबीच फर्जी मत हालेको विषयमा विवाद भएपछि चुनाव स्थगित भयो। सुनिपिपलचौर माविको क र ख मा मतपेटिकामा अवरोध गरेपछि चुनाव स्थगित भएको आयोगले जनाएको छ।
त्यस्तै कृष्ण प्राविमा एकै व्यक्तिले दुई पटक मतदान गर्दा खोज्दा विवाद भइ मतदान अवरोध भएको थियव। आधारबगरमा मावि दोगरेको क र ख मा पनि दुई पटक मतदान गर्न थालेपछि विवाद भएको थियो। त्यस्तै धुराल्सैन माविको क र ख मा एकपक्षीय रुपले मतदान हुन थालेपछि चुनाव स्थगित हुन पुगेको आयोगले जनाएको छ।
देशका ७९ मतदान केन्द्रमा चुनाव स्थगित
देशका ७९ मतदान केन्द्रमा चुनाव स्थगित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु