गुल्मी – गुल्मीका १३ वडाको मतगणना सकिँदा कांग्रेसले ९ वटा वडामा विजयी भएको छ । गुल्मीका ९३ वडामध्ये १३ वटा वडामा मतगणना सकिँदा रेसुङ्गा नगरपालिकाका ८, गुल्मी दरबारका २, मदाने र चन्द्रकोटको १(१ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।
मतगणना सकिएका १३ मध्ये ९ वटा वडामा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल र ७ मा रामजीप्रसाद पन्थी विजयी भएका छन् । त्यस्तै, कांग्रेसकै तर्फबाट गुल्मी दरबार १ मा राजेन्द्र कँडेल, ७ मा शालिकराम टण्डन विजयी भका छन् । मदाने गाउँपालिका १ मा पनि कांग्रेसकै शुशील चन्द विजयी भएका छन् ।
त्यस्तै, नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा विजयी भएका छन् । जिल्लाकोट चन्द्रकोट गाउँपालिका १ मा नेकपा ९माओवादी केन्द्र० का घनश्याम खरेल विजयी भएका छन् ।
गुल्मीका ९ वडामा कांग्रेस विजयी
गुल्मीका ९ वडामा कांग्रेस विजयी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु