तनहुँ – दुलेगौंडाको एक होटलमा १५ बर्षिया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय १९ बर्षिय एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले किशोरीमाथि बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार पक्राउ गरेको हो । सोही नगरपालिका–४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दुलेगौंडाको होटलमा किशोरी बलात्कार गर्ने युवक पक्राउ
दुलेगौंडाको होटलमा किशोरी बलात्कार गर्ने युवक पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु