बुटवल – बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्।उनी कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए ।
कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए। निर्वाचनमा पुतली चिन्हबाट लडेका बस्नेत विजयी भएका हुन् । उनले ६३६ मत ल्याएका छन् । बस्नेतले २०५४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारमा कुचो चुनाव चिन्हमार्फत विजयी भएका थिए।
उनका निकाटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्र लिगलले ५५१ मत पाएका छन्। प्रतिस्पर्धामा चर्चित र बलियो उम्मेदवारका रुपमा लिगललाई एमालेले अगाडि ल्याएको थियो। यस्तै नेपाली कांग्रेसका माधवप्रसाद प्रधानले ३४८ मत प्राप्त गरेका छन्।
बुटवलमा ४ वटा वडा सदस्य नेपाली कांग्रेसले जितेको छ। महिला सदस्य निलम गौतम, दलित महिला सदस्य प्रेमशिला धोबी , सदस्यहरु अदिल अहमद खान र अशोक राई विजयी भएका हुन्।
अहिले निर्वाचन कार्यालय बाहिर कांग्रेस र स्वतन्त्रको विजय र्याली देखिन थालेको छ । बुटवलमा अहिले वडा नम्बर २ र १९ को मतगणना भइरहेको छ। बुटवलमा १ मा १९७४ मत खसेको थियो।
बुटवल १ मा कांग्रेसका वागी उम्मेदवार विजयी
बुटवल १ मा कांग्रेसका वागी उम्मेदवार विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु