रोल्पा – महानगरपालिकामा लौरो चुनाव चिह्नधारी बालेन शाहले कांग्रेस र एमाले जस्ता स्थापित दलका उम्मेदवारलाई च तम्का दिइरहेका बेला माओवादी जनयुद्धको उद्गमस्थल रोल्पामा पनि लौरो चुनाव चिह्नधारी उम्मेदवारले दलीय उम्मेदवारहरुलाई चक्मा दिँदै विजय हासिल गरेका छन् ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नधारी नेत्रबहादुर गिरिले माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।
स्थानीय तहमा निकै लोकप्रिय रहेका स्वतन्त्र उम्मेदवार गिरिले २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेका थिए । ४ सय ३९ मतसहित विजय हासिल गर्दा गिरिलाई कांग्रेस उम्मेदवारले ३ सय ९९ र माओवादी केन्द्रका उम्मेदवारले ३ सय ४७ मतसहित पछ्याएका थिए ।