उदयपुर- उदयपुरका दुई वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार लिम्चुङ्गबुङ्ग गाउँपालिका वडानं ३ र उदयपुरगढी गाउँपालिकाको वडा नं २ मा स्वतन्त्र उमेदवार विजयी भएका हुन्।
लिम्चुङ्गबुङ्गमा जेव्रा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका गुरुमणि कुमाईले नेपाली कांग्रेसका कुलबहादुर खत्रीलाई ५२ को मतान्तरले विजयी भएका हुन्। कुमाईले ३१५ र खत्रीले २६३ मत प्राप्त गरेका छन्। कुमाइ यसअघि नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भई नेकपा एसमा रोजेका थिए। गठबन्धनबाट टिकट नदिएपछि कुमाई स्वतन्त्र उमेदवार बनेका थिए।
त्यसैगरी उदयपुरगढी गाउँपालिकाको वडा नं २ धारा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका इन्द्रबहादुर राउतले प्रतिद्धन्द्धी नेकपा एमालेका उमेदवार दिपक तामाङ्गलाई १२२ मतान्तरले जित निकालेका छन्। राउतले ३८७ र तामाङ्गले २६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत धनबहादुर कार्कीले जानकारी दिए। राउत यसअघि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। पछिल्लो समय एमालेबाट रुष्ट भएपछि नेकपा एस रोजेका राउतलाई गठबन्धनले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बनेका थिए।
उदयपुरका दुई वडामा स्वतन्त्र उम्मेदवार विजयी
उदयपुरका दुई वडामा स्वतन्त्र उम्मेदवार विजयी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु