पोखरा – कास्कीको रुपा गाँउपालिकामा नेकपा एमालेको प्यानलले जितेको छ । रुपाको अध्यक्षमा नवराज ओझाले नेपाली काँग्रेसकी गीमाया गुरुङलाई १६१२ मतले पराजित गर्दै पुनः अध्यक्षमा चुनिएका हुन । ओझाले ५हजार ७ सय ४९ मत पाएका थिए भने उनको निकटतम प्रतिनिधि काँग्रेसीकी गीमायाले ४ हजार १ सय ३७ मत ल्याएकी थिइन ।
उपाध्यक्षमा नेकपा एमालेकै लालसुब्बा गुरुङले काँग्रेसका नारायण श्रेष्ठलाई ११ सय ९९ सय मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । गुरुङले ५ हजार ३ सय ९२ मत पाउँदा काँग्रेसका श्रेष्ठले ४ हजार १ सय ९३ मत प्राप्त गरेका थिए ।
रुपा गाँउपालिकामा २०७४ को निर्वाचनमा पनि ओझाले नेपाली काँग्रेसका प्रकाश खनाललाई पराजित गरेका थिए । रुपा गाँउपालिकाका ७ वटा मध्ये ६ वडामा एमालेले र एकमा कांग्रेसले जितेको थियो । रुपा गाँउपालिकामा १४ हजार ६ सय ७५ मतदातामा १० हजार ३ सय ४४ मत खसेको थियो ।