काठमाडौं काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पछिपार्ने क्रम जारी छ। मतगणना सुरु भएदेखिको बालेनको दौड थामिएको छैन।
मंगलबार साँझ १२ हजार ५ सय ५३ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। उनको र अर्का मेयर उम्मेदवार नेकपा एमालेका केशव स्थापितको मतान्तर बढ्दो छ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले अहिलेसम्म ६ हजार ७ सय ६ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच अझ फराकिलो मतान्तर देखिएको छ। बिहान करिब ४ सय ५ सय मतान्तर थियो भने दिउँसोसम्म आइपुग्दा यो ५ हजार भन्दा बढी भएको छ।
यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह नै छिन्। उनले ५ हजार ९ सय ५७ मत प्राप्त गरेकी छिन्। उनी सत्तारुढ दल गठबन्धनकी उम्मेदवार हुन। राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथौ स्थानमा छन। उनले ७ सय १४ मत प्राप्त गरेका छन् भने पाँचौ स्थानमा रहेका सुमन सायमीले ६ सय ३३ मत प्राप्त गरेका छन्।
बालेनको अग्रता झनै बढ्दो
बालेनको अग्रता झनै बढ्दो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु