काठमाडौँ- इन्धनको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा ३.५ प्रतिशत भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि लागू हुने गरी यात्रुवाहकमा ३.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहकमा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडादर वृद्धि गरेको हो ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको थियो । पछिल्लो समायोजनमा आधार लिइएको मूल्यभन्दा १०.८६ प्रतिशत पुगेकाले दुई वा सो भन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने यातयातको भाडादर स्वचालित प्रणालीअनुसार समायोजन गरेको विभागले जनाएको छ ।
पछिल्लो पटक भाडादर समायोजन गर्दा डिजेलको बजारमूल्य १३८ प्रति लिटर थियो । त्यसपछि क्रमश चैत २२ मा ५ रुपैयाँ र वैशाख ३१ मा १० रुपैयाँ वृद्धि भई हाल १५३ रुपैयाँ कायम भएको छ । तराईको लामो दूरी २५ किमि भन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस र मिनिबसका लागि साविक प्रतिव्यक्ति २.६७ प्रतिशत रहेकोमा बुधबारदेखि २.७६ पैसा कायम गरिएको हो । यस्तै २५ किमि देखि २५० किमि प्रति व्यक्ति २ रुपैयाँ ७६ पैसा रहेकोमा अब २ रुपैयाँ ८३ पैसा भाडादर कायम गरिएको विभागले जनाएको छ ।
विभागले काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डको प्रति व्यक्ति २ रुपैयाँ ९४ पैसा कायम भएकोमा अब ३.०४ भाडादर कायम गरिएको छ ।
final.2079.02.03अन्तरप्रदेशभाडादर