पोखरा – देशकै सवैभन्दा ठुलो पोखरा महानगरपालिकामा अनेक गुट, फुट, घात, प्रतिघातका कारण स्थानीय निकायको निर्वाचनमा आफ्नो वचश्र्व गुम्दै जान लागेपछि अत्तालिएका एमालेका कार्यकर्ताहरुले पत्रकारहरुमाथि आफ्नो रिस पोख्न थालेका छन ।
पोखरा महानगरपालिका वडा नं. ७ को मतगणनामा गठबन्धनले अग्रता लिईरहेको वेला प्रतिस्पर्धी दलले बढि प्रतिनिधि हुलेको भन्दै मतगणना विथोल्न खोजेका एमालेका कार्यकर्ताहरु समाचार संकलनमा खटिएका पत्रकाहरुमाथि खनिएका हुन ।
एमालेका नेता दामोदर बैरागीले समाचार रिर्पोटिङमा रहेका अनलाइन खबर डटकमका गण्डकी ब्यूरो प्रमुख अमृत सुवेदीलाई धम्क्याउँदै आफ्ना कार्यकर्ताहरुलाई कुट्न आदेश दिएका थिए । आक्रोशित एमालेका कार्यकर्ताहरुले जसरी पनि मतगणना विथोल्ने अभिप्रायले लफडा शुरु गरेपछि भिडियो खिचिरहेका पत्रकारहरु माथि उनीहरु जाईलागेका हुन् । पत्रकारलाई झापड हान्ने र बाहिर निस्किन नदिने भन्दै उनीहरुले धम्क्याएका थिए । पत्रकारलाई मात्रै होइन, एमालेका कार्यकर्ताहरुले हारको झोकमा विना कारण मतगणनास्थलमा खटिएका प्रहरीहरुसँग पनि चर्काचर्की गर्दै नारावाजी गरेका थिए ।
त्यसो त, एमालेको गढका रुपमा चिनिएको वडा नं.७ को मतगणनामा कांग्रेसले शुरुदेखि नै अग्रता लिएपछि सामाजिक सञ्जालहरुमा एमालेका कार्यकर्ताहरुले विभिन्न टिकाटिप्पणी गर्दै आक्रोश व्यक्त गरिरहेका थिए ।
जिल्ला समन्वय समितिको कार्यालयको हलमा भईरहेको मतगणना स्थलमा गठबन्धनका प्रतिनिधिहरुले कर्मचारीलाई थर्काएको भन्दै एमालेका कार्यकर्ताहरुले मतगणना विथोल्न खोजेका थिए ।
यस घटनाका सम्बन्धमा सत्तारुढ गठबन्धनले भने एमालेले हारको मानसिकताले मतगणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।
पत्रकारलाई धम्क्याएका एमालेका स्थानीय नेता दामोदर वैरागीले नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्ढारीको रोहवरमा पत्रकार अमृत सुवेदीसँग माफि मागेका थिए ।
हारको रिस पत्रकारमाथि पोख्दै एमाले कार्यकर्ताहरु
हारको रिस पत्रकारमाथि पोख्दै एमाले कार्यकर्ताहरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु